संसद पुनर्स्थापनाको खुशियालीमा सुर्खेतमा दिपावली 

कर्णाली टुडे
कर्णालीटुडे २०७७, १३ फाल्गुन बिहीबार २१:५५

सुर्खेत । प्रतिनिधिसभा विघटनको फैसला सर्वोच्च अदालतले बदर गरेपछि सुर्खेतमा खुसीयालीसहित दिपावली मनाइएको छ ।

नेकपा प्रचण्ड–नेपाल समूह समर्थित युवा कार्यकर्ताले प्रदेश राजधानी वीरेन्द्रनगरस्थित वीरेन्द्रचोकमा दीप प्रज्वलन गरी सर्वोच्चको फैसलालाई स्वागत गर्दै दिपावली मनाएका हो । सर्वोच्च अदालतले जनताको पक्षमा फैसला गरेको भन्दै दिपावली गरिएको नेकपा सुर्खेतका सचिव कृष्ण जिसीले बताए ।

सर्वोच्च अदालतको फैसलाले नेपाली न्यायालयप्रति जनताको विश्वास बढेको सचिव जिसीले प्रतिकृया दिए ।

‘ओलीको स्वेच्छाचारी र प्रतिगामी कदमका विरुद्ध सर्वोच्चले फैसला गरेको छ । यस्ले लोकतन्त्रको रक्षा गरेको छ । नागरिकमा न्यायालयले प्रतिको विश्वास झनै बढेको छ,’ सचिव जिसीले भने ।

त्यस्तै दीप प्रज्वलनमा बोल्दै प्रचण्ड–नेपाल समूहको नेकपाका वीरेन्द्रनगर नगर कमिटि अध्यक्ष गंगाराम तिमिल्सेनाले संविधानको मर्म अनुसार सर्बोच्चले फैसला गरेको बताए ।

‘यो सर्वोच्चको फैसलाले आम नागरिकको जीत भएको छ, संविधानको सम्मान भएको छ,’ उनले भने, ‘प्रतिगामी कदमलाई सर्वोच्चले बहिष्कार गरेकोमा हामी खुशी छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नारी दिवसमा सिद्धपाइलाका किशोरीले गरे वक्तृत्वकला प्रतियोगिता

२०७७, १३ फाल्गुन बिहीबार २१:५५
सुर्खेत । सुर्खेतस्थित सिद्धपाइला इङ्गिलस मिडियम बोर्डिङ स्कूलका किशोरीहरुले १११ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएका छन् । उनिहरुले नारी दिवसको अवसरमा प्रदेश राजधानी वीरेन्द्रनगरमा वक्तृत्वकला प्रतियोगिता सम्पनन् गरेका छन् । ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता, व्यक्ति समाज र सबैको एक्यवद्धता’ विषयक भएको वक्तृत्वकला प्रतियोगितामा वीरेन्द्रनगरका विभिन्न विद्यालयबाट प्रतिस्पर्धीहरुको सहभागीता रहेको आयोजक […]