सुर्खेत । प्रदेश राजधानी वीरेन्द्रनगरका दुई विद्यालयले दुर्गमका विपन्न विद्यार्थीहरुलाई कपडा सहयोग गरेका छन् ।
वीरेन्द्रनगरस्थित उषा बालबाटीका मा.वि र सिद्धपाइला इङ्गिलस मिडियम बोर्डिङ स्कूलले विपन्न विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेका हुन् ।
यी दुई विद्यालयका विद्यार्थीहरुले बराहताल गाउँपालिका–६, स्थित ‘ईखेनी’का विपन्न विद्यार्थीहरुलाई आफ्नो पूराना नच्यातिएका कपडा सहयोग गरेका छन् । उनिहरुले स्वरस्वती पुजाको अवसर पारेर उक्त सहयोग गरेको सिद्धपाइला स्कुलका प्राचार्य नैनसिङ खत्रीले बताए ।
द्धोन्द्धले जन्मायको इखेनी बस्ती अहिले पनि एकछाक खाना कै लागी संघर्ष गरिरहेको छ । वर्षभरी खेतिबाली लगाउँदा पनि दुई महिना खान नपुग्ने भएपछि इखेनी बासी कालापहाड गएर गुजरा चलाउँदै आएका छन् ।
च्यातिएको कपडा र पुराना थोत्रा किताब बाकेर गाउँ नजकैको विद्यालय जाने इखेनिका बालबालिकाहरु विपन्न मात्रै हैन् । अति विपन्न छन् । तीनै अति विपन्न बालबालिकाहरुको लागी यी दुई विद्यालयका विद्यार्थीहरुले आ–आफना पुराना कपडा सहयोग गरेका हुन् ।
प्राचार्य खत्री भन्छन्,‘हामी विद्यार्थीहरुलाई कितावी ज्ञान मात्रै दिदैनौं । व्यवहारीक शिक्षा पनि प्रदान गछौं । विद्यार्थीलाई विपन्न सामाज र त्यहाँको स्थितीबारे जानकारी गराउँछौं । जस्ले गर्दा हाम्रा विद्यार्थीहरु स्वयम सहयोगी हातहरु अघि सार्छन् ।’
इखेनीका झण्डै ९३ जना विपन्न विद्यार्थीहरुका लागी यी दुई विद्यालयका विद्यार्थीहरुले नै न्यानो कपडा सहयोग गरेको सामाजिक अभियान्ता आदर्शविक्रम सिंहले बताए ।
विपन्न विद्यार्थीको पीडा विद्यार्थीले नै महशुस गरेको भन्दै सहयोग गरेको उषा बालबाटीकाका प्राचार्य सुशील भुषालले बताए ।
‘हामीले स्कुलको लाइनमा विद्यार्थीहरुलाई ईखेनीका विपन्न विद्यार्थीको समस्या सुनायौं, भोली पल्ट त प्रत्येक विद्यार्थीहरुले आफना पुराना कपडा बोकेर आए,’ प्राचार्य भूषालले भने, ‘विपन्न विद्यार्थीको पीडा विद्यार्थीले नै बुझे ।’
उनले थपे, ‘सेवा नै धर्म हो, भन्ने नारालाई आत्मसात हर्दै विद्यालयले पनि आफनो गक्षता अनुसार विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।’
अगामी दिनमा पनि सेवा र सहयोग गर्ने भूषालले प्रतिवद्धता समेत गरे ।