रामकुमारी झाँक्रीको रिहाइको माग गर्दै सुर्खेतमा प्रदर्शन

कर्णाली टुडे
कर्णालीटुडे २०७७, २९ माघ बिहीबार २०:०९

सुर्खेत । नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीको रिहाइको माग गर्दै सुर्खेतमा यूवाहरुले प्रदर्शन गरेका छन् । प्रचण्ड–नेपाल समूहका यूवाहरुले प्रदेश राजधानी वीरेन्द्रनगरमा प्रदर्शन गरेका हुन् ।

उनिहरुले मुखमा कालो टेपको क्रस लगाए मौन प्रर्दशन गरेका छन् । साथै उनिहरुले ‘रामकुमारी झाँक्रीलाई रिहाइ गर’, ‘प्रतिगमन मुर्दावाद’, ‘बोल्न पाइन्छ, नागरिक स्वतन्त्रता चाहिन्छ’, ‘वाक स्वतन्त्रता खोइ’ लेखिएका प्लेकार्ड समेत प्रर्दशन गरेका छन् ।

राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध अमर्यादित अभिव्यक्ति दिएको भन्दै प्रहरीले बिहीबार दिउँसो नेतृ झाँक्रीलाई निवासबाटै पक्राउ गरेकोको छ । उनलाई तत्काल रिहाइ गर्न यूवाहरुले माग गरेका छन् ।

राजनीतिक आलोचनालाई राज्यविरूद्धको कसुर देख्नु पूर्वाग्रह र स्वेच्छाचारिता भएको विद्यार्थी नेता मिलन विसीले बताए । ‘संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको गिरफ्तारीले सरकारको निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको छ,’ उनले भने ।

केन्द्रीय सदस्य झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा नगरे कडा आन्दोलन गर्ने यूवाहरुले चेतावनी समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अछामको त्याे फोटो जस्ले जित्यो यो वर्षको अन्तर्राष्ट्रिय फोटोग्राफीको अवार्ड

२०७७, २९ माघ बिहीबार २०:०९
सुर्खेत । सोनी वर्ल्ड फोटोग्राफी अवार्डसको यो वर्षको नेसनल अवार्ड घोषणा भएको छ। यो वर्ष प्रज्ज्वल भट्टराईले अछामको रामारोशनमा खिचेको यो फोटोले नेपालको तर्फबाट अवार्ड जित्यो। सोनीको प्रायोजनमा वर्ल्ड फोटोग्राफी अवार्डस् हरेक वर्ष हुने गर्छ। यो अवार्डसमा प्रोफेसनल, ओपन, युथ र स्टुडेन्ट गरी मूलतः चार वटा विधामा प्रतियोगिता हुने गर्छ। […]