हुम्लाका विद्यालयमा मतदाता शिक्षा

कर्णाली टुडे
कर्णालीटुडे २०७७, २५ माघ आईतवार १६:०७

सुर्खेत । निर्वाचन कार्यालय हुम्लाले जिल्लाका स्थानीय तहमा रहेका गाउँगाउँका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।

सरकारले गत पुस ५ गते संसद् विघटन गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरेपछि त्यसको तयारीका लागि ती कार्यक्रम सञ्चालन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

चुनावमा मत बदर नहोस् भन्नका लागि ती कार्यक्रमले सहयोग पुग्ने कार्यालयका प्रमुख महेशकुमार थापाले जानकारी दिए ।

उनले भने, ‘कक्षा आठ, नौ र १० मा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेका हौँ ।’

विद्यार्थीमार्फत अभिभावकलाई मतदान गर्ने सही तरीका सिकाउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ ।

कार्यक्रममा २०० भन्दाबढी विद्यार्थी सहभागी रहेका छन् ।

निर्वाचन कार्यालयको कार्यक्रमअनुसार जिल्लाका ६ वटा विद्यालय सिमकोट गाउँपालिकाको मानसरोवर मावि, बालमन्दिर मावि, कैलाश मावि, रलिङ मावि, रामदेव मावि र नाम्खा गाउँपालिकाको महाबौद्ध मावि याल्वाङमा यो कार्यक्रम सञ्चालन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रामकुमारी झाँक्रीको रिहाइको माग गर्दै सुर्खेतमा प्रदर्शन

२०७७, २५ माघ आईतवार १६:०७
सुर्खेत । नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीको रिहाइको माग गर्दै सुर्खेतमा यूवाहरुले प्रदर्शन गरेका छन् । प्रचण्ड–नेपाल समूहका यूवाहरुले प्रदेश राजधानी वीरेन्द्रनगरमा प्रदर्शन गरेका हुन् । उनिहरुले मुखमा कालो टेपको क्रस लगाए मौन प्रर्दशन गरेका छन् । साथै उनिहरुले ‘रामकुमारी झाँक्रीलाई रिहाइ गर’, ‘प्रतिगमन मुर्दावाद’, ‘बोल्न पाइन्छ, नागरिक स्वतन्त्रता […]