सुर्खेतमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु

कर्णाली टुडे
कर्णालीटुडे २०७७, २५ माघ आईतवार १६:००

सुर्खेत । कर्णालीमा कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ। यससँगै मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

आइतबार सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचाररत वीरेन्द्रनगर नगरपालिका–६ की ६१ वर्षीया महिलाको मृत्यु भएको हो।

उनको आइतबार बिहान साढे ४ बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए।

ती महिलालाई माघ १५ गते कोरोना संक्रमण पुष्टि भएपछि १८ गते प्रदेश अस्पतालको कोभिड उपचार कक्षमा भर्ना गरिएको थियो। मृतक उच्च रक्तचाप, मधुमेह तथा मुटुसम्बन्धी रोगबाट पनि ग्रसित रहेकी रहेको कँडेलले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हुम्लाका विद्यालयमा मतदाता शिक्षा

२०७७, २५ माघ आईतवार १६:००
सुर्खेत । निर्वाचन कार्यालय हुम्लाले जिल्लाका स्थानीय तहमा रहेका गाउँगाउँका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । सरकारले गत पुस ५ गते संसद् विघटन गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरेपछि त्यसको तयारीका लागि ती कार्यक्रम सञ्चालन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । चुनावमा मत […]