खानेपानीमन्त्री थापाको सम्बोदन ‘श्री ५ को सरकार’

कर्णाली टुडे
कर्णालीटुडे २०७७, १८ माघ आईतवार ०८:१६

सुर्खेत । खानेपानीमन्त्री मणि थापाले नेपाल सरकारको सट्टा ‘श्री ५ को सरकार’ भन्दै सम्बोधन गरेका छन् ।

नेकपा ओली समूहका स्थायी समिति सदस्य समेत रहेका मन्त्री थापाले शुक्रवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ओली समुहको सभालाई सम्वोदन गर्दै ‘श्री ५ को सरकार’ भनी सम्वोदन गरेका थिए ।

नेपाल सरकारको मन्त्री र नेपाल सरकार भन्नुको सट्टा मन्त्री थापाले सम्बोधनका क्रममा श्री ५ को सरकार भनि सम्बोधन गरेपछि उनको उक्त भिडियो यतिबेला सामाजिक संजालमा भाइरल भएको छ ।

सम्बोधनको सुरुमै उनले भने, ‘सुर्खेतका आदर्णिय जनसमुदायहरू, म सबैलाई नेकपा स्थायी समितिको तर्फबाट र, श्री ५ को सरकारको तर्फबाट सम्मान गर्न चाहान्छु ।’

त्यस्य लगतै कार्यक्रम उद्घोषकले मन्त्री थापालाई नेपाल सरकारको तर्फबाट भन्न् सुझाउँछन् । र, मन्त्री थापाले, ‘ए, सरी भन्दै सच्यायर नेपाल सरकारको तर्फबाट यो कार्यक्रम्मा तपाईहरुलाई लाल सलाम भन्न चाहान्छु’ भनेर सच्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यूवाहरुलाई मुख्यमन्त्री शाहीको आग्रह, ‘कामदार हैन, मालिक बन्नुस’

२०७७, १८ माघ आईतवार ०८:१६
सुर्खेत । कर्णाली प्रदेशमा पहिलो पटक आयोजना गरिएको बिजनेश इन्कुवेसन एण्ड बुट क्याम्प सम्पन्न भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा पाँच दिनसम्म सञ्चालित बिजनेश इन्कुवेसनको समापन कर्णाली सरकार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरेका छन् । समापन शत्रलाई सम्वोदन गर्दै मुख्यमन्त्री शाहीले यूवाहरुलाई मालिक बन्ने सपना देख्न आग्रह गरे । ‘आज यूवाहरु […]