सुर्खेत । नेपाली कांग्रेस रुकुम पश्चिमका उपसभाति धिरेन्द्रकुमार बटालाले नेपालको ‘राजनीति’ ‘दुष्टनीति’मा परिणत भै सकेको बताएका छन् ।
नेताहरुले राजनीतिलाई गरीखाने भाडो भनाउँदा इमानको राजनीति सकिएको उनको ठहर छ ।
पछिल्लो नेपालको राजनीतिक स्थितीबारे टिप्पणी गर्दै उपसभापति बटालाले सामाजिक सञ्जालमा प्रश्न गरेका छन्, ‘नेपालमा अव इमानदारीताको ‘राजनीति’ कहाँ छ, र ? राजनीति ‘लाजनीति’बाट पनि उकालो लागेर ‘दुष्टनीति’मा पुगिसकेको छ ।’
विगतमा विभिन्न परिवर्तनका आन्दोलनहरुको अगुवाइ गरेका उपसभापति बटाला एक निष्टावान राजनीतिज्ञका रुपमा चिनिन्छन् ।
नेताहरुले राजनीतिलाई विशुद्ध सामाज सेवाका रुपमा लिनुपर्ने भन्दै उनले भनेका छन्, ‘केही नेताहरुले राजनीतिलाई गरीखाने भाँडो भनाउँदा आज घिन लाग्दो परिपाटी उत्पन्न भएको छ, यो अब लोक कल्याणको विषय नै रहेन ?’