संसद विघटनविरुद्ध सुर्खेतमा प्रचण्ड–माधव समूहको बृहत विरोधसभा

कर्णाली टुडे
कर्णालीटुडे २०७७, ९ माघ शुक्रबार १२:५८

सुर्खेत । नेपाल कम्युष्टि पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले सुर्खेतमा बृहत विरोधसभा गरेका छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजीत बृहत विरोधसभालाई नेकपाका अध्यक्ष माधवकुमार नेपाल लगाएतका शिर्ष नेताहरुले केही बेरमा सम्बोदन गर्नेछन् ।

संसद विघटनविरुद्ध गरिएको बृहत विरोधसभा प्रदेशका विभिन्न जिल्ला र स्थानिय तहबाट झण्डै १० हजार कार्यकर्ता वीरेन्द्रनगरको सड्कमा उत्रिएको नेकपा सुर्खेतका सचिव कृष्ण जिसी (जितेन्द्र) जानकारी दिए ।

बुधबार दिउँसो साढे १ बजेदेखि वीरेन्द्रनगरको मंगलगडी चौकबाट शुरुभएको ¥याली बजार परिक्रमा गर्दै पिपल चौतारामा पुगेर सभामा परिणत भएको थियो ।

¥यालीले वीरेन्द्रनगरको मुख्यबजार क्षेत्र पुरै ढाकिदा झण्डै एक घण्टा वीरेन्द्रनगरको ट्राफिक व्यवस्थापनमा समेत समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

विरोधसभालाई अध्यक्ष नेपाल, स्थायी समिति सदस्य द्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत, नेकपा कर्णाली प्रदेशका सह–संयोजकद्वय प्रकाश ज्वाला, कालिबहादुर मल्ल र कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्मा लगायतले सम्बोधन गर्ने सचिव जिसीले बताए ।

बृहत विरोधसभामा ‘गणतन्त्र विरोधी हर्कतको प्रतिवाद गरौं’, ‘संसद विघटन खारेज गरौं’, ‘तानाशाह मुर्दावाद’, ‘खड्ग ओलीको प्रतिवादी कदम मुर्दावाद’, ‘नालायक केपी ओली मुर्दावाद’ जस्ता नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘राजनीति’ अव दुष्टनीति भैसक्याे : उपसभापति बटाला

२०७७, ९ माघ शुक्रबार १२:५८
सुर्खेत । नेपाली कांग्रेस रुकुम पश्चिमका उपसभाति धिरेन्द्रकुमार बटालाले नेपालको ‘राजनीति’ ‘दुष्टनीति’मा परिणत भै सकेको बताएका छन् । नेताहरुले राजनीतिलाई गरीखाने भाडो भनाउँदा इमानको राजनीति सकिएको उनको ठहर छ । पछिल्लो नेपालको राजनीतिक स्थितीबारे टिप्पणी गर्दै उपसभापति बटालाले सामाजिक सञ्जालमा प्रश्न गरेका छन्, ‘नेपालमा अव इमानदारीताको ‘राजनीति’ कहाँ छ, र […]