सुर्खेत जेल ब्रेकको १९ वर्ष, कारागारमा पुस्तक प्रदान

कर्णाली टुडे
कर्णालीटुडे २०७७, ४ माघ आईतवार ११:३९

सुर्खेत । सुर्खेत जेल ब्रेकको १९ वर्ष पुरा भएको छ ।

१९ वर्ष अघि अर्थात् २०५८ माघ २ गते सुर्खेत जेलबाट सुरुङ खनेर तत्कालीन माओवादी जनयुद्धका बेला माओवादी राजनैतिक आस्थाका बन्दीहरुले जेल ब्रेक गरेका थिए ।

देशमा संकटकालको घोषणा भइसकेको थियो भने तत्कालीन माओवादी जनयुद्ध उत्कर्षमा पुग्दै थियो । माओवादीको जनयुद्धविरुद्ध सरकारका सबै सुरक्षा अंग परिचालित थिए । संकाटकालको त्यो कडा सुरक्षा घेरा सहज रुपमा तोड्दै तानाशाही निरंकूश सरकारको सुरक्षा योजना असफल भएको थियो ।

विभिन्न ठाँउबाट गिरफ्तार गरिएका तत्कालीन माओवादी नेता कार्याकर्ताहरूको नेतृत्वमा त्यो जेलब्रेक भएको थियो । हाल नेकपाका केन्द्रीय सदस्य एवंम कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका समन्वय विज्ञ झक बहादुर मल्ल (सुदिप)ले नै त्यो जेलब्रेकको नेतृत्व गर्नुभएको थियो । मल्लले जेल ब्रेकको स्मरण गर्दै इतिहासमा बिरलै मान्छेले प्राप्त गर्ने स्वर्णिम अवसर प्राप्त गरेको बताउँनुभयो ।

जेल ब्रेकका उनै नेतृत्वकर्ता मल्ल शुक्रबार प्रदेश राजधानी वीरेन्द्रनगरमा रहेको कारागारमा पुग्नु भएको थियो । मल्लले कैदीबन्दी संग साक्षात्कार गर्नुका साथै केही दर्जन पुस्तक समेत हस्तान्तरण गर्नुभयो । उतीबेला नै जेल बसाईको क्रममा संघर्ष गरेर पुस्तकालय स्थापना गरेको स्मरण गर्दै उहाँले कैदिबन्दीको संसार नै पुस्तक भएको बताउँनुभयो ।

सुर्खेत कारागारमा अहिले पनि ठूलो पुस्तकालय छ । दैनिक ४०÷५० जना कैदिबन्दीहरु नियमीत पाठक रहेको कारागार सुर्खेतका प्रमुख लक्ष्मी खरेलले जानकारी दिनुभयो । नियमित पुस्तकको अध्ययानले कैहीबन्दीहरुमा सकारात्मक परिवर्तन समेत आएको प्रमुख खरेलको भनाई छ ।

‘कारागारलाई किताव अभियान’ले सञ्चालनमा ल्याएको उक्त पुस्तकालयमा विभिन्न ज्ञानवर्दक पुस्तकहरु राखिएको छ । कोरोना महामारी अडागी कारागार भित्रै विभिन्न पुस्तक माथी छलफल हुनुका साथै साहित्यक कार्यक्रम समेत गरिदै आएको प्रमुख खरेलले बताउँनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संसद विघटनविरुद्ध सुर्खेतमा प्रचण्ड–माधव समूहको बृहत विरोधसभा

२०७७, ४ माघ आईतवार ११:३९
सुर्खेत । नेपाल कम्युष्टि पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले सुर्खेतमा बृहत विरोधसभा गरेका छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजीत बृहत विरोधसभालाई नेकपाका अध्यक्ष माधवकुमार नेपाल लगाएतका शिर्ष नेताहरुले केही बेरमा सम्बोदन गर्नेछन् । संसद विघटनविरुद्ध गरिएको बृहत विरोधसभा प्रदेशका विभिन्न जिल्ला र स्थानिय तहबाट झण्डै १० हजार कार्यकर्ता वीरेन्द्रनगरको सड्कमा […]