वीरेन्द्रनगर जेसीजको अध्यक्षमा कमल लामिछाने निर्वाचित

कर्णाली टुडे
कर्णालीटुडे २०७७, ४ माघ आईतवार ११:२३

सुर्खेत । वीरेन्द्रनगर जेसीज वर्ष २०२१ को अध्यक्षमा कमल लामिछाने निर्वाचित भएका छन् ।

जेसीजको ४२ औँ शाखा अधिवेशनले लामिछानेलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो ।

निर्वाचित नयाँ कार्यसमितिको कार्यकारिणी उपाध्यक्षमा शैलेन्द्र पाठक र गणेश राना निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षहरुमा आकृतिी खड्का, बेदप्रसाद चपाइ, रित्तेश गिरी र सागर पौडेल पनि निर्विरोध निर्वाचित भएका छन् ।

शनिबार वीरेन्द्रनगरमा सम्पन्न पदस्थापना तथा पद हस्तान्तरण समारोह समेत सम्पन्न भएको छ । जेसीसको परम्पराअनुसार सो उक्त समारोहमा नवनिर्वाचित अध्यक्ष लामिछाने महासचिवमा हिकमत सापकोटा, कोषाध्यक्षमा डिलु ढुङगाना, कानुनी सल्लाहकारमा संयोग भण्डारी र तालिम संयोजकमा यज्ञ खत्रीलाई मनोनित गरेका छन् ।

पदहस्तान्तरण समारोहलाई सम्बोधन गर्दै नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर अरुणेश्वर खनालले नेपाल जेसीजका हरेक शाखाहरुमा ‘जेसीज गाउँ’ अभियान सञ्चालन गरिने बताएका छन् ।

उक्त अभियानलाई आफुले उम्मेदवारीकै क्रममा घोषण गरेको भन्दै अध्यक्ष खनालले यस्लाई सार्थकता दिन योजनाबद्ध रुपमा अघि बढ्ने बताए ।

‘देशका सबै शाखाहरुमा ‘जेसीज गाउँ’ अभियानलाई सँगै लिएर जान्छौं,’ उनले भने, ‘यसका लागि आगामी काउन्सुलर मिटिङमा बृहत छलफल हुन्छ । र, सोही अनुरुप नै अगाडी बढ्छौं ।’

अध्यक्ष खनालले जेसीज युवाहरुलाई सवल र सक्षम बनाउन सीपमुलक तालिम सञ्चालन गरिने भन्दै हरेक क्षेत्रमा क्षेत्रीय तालिम प्रतिष्ठान समेत स्थापना गरिने बताए ।

सोही समारोहमा २०२१ का नवनिर्वाचित अध्यक्ष लामिछानेले आफ्नो पदभार समेत ग्रहण गरेका छन् ।

२०२० का अध्यक्ष शिवराज घिमिरेले आफ्नो गलामा भएको जेसीज चेन नवनिर्वाचित अध्यक्ष लामिछानेलाई हस्तान्तरण गर्दै सपथ ग्रहण गराएका थिए ।

कार्यक्रम्मा वीरेन्द्रनगर जेसीजका संस्थापक महासचिव सम्भु पन्त लगाएत पूर्वअध्यक्षहरुको समेत बाक्लो सहभागीता रहेको थियो ।

यसैबिच, वीरेन्द्रनगर जेसिजको प्रोजेक्टको रुपमा रहेका वीरेन्द्रनगर जुनियर जेसीको वर्ष २०२१ का लागी अध्यक्षमा जनक बुढा निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष बुढाले पनि शनिबार नै पद तथा गोपनियताको सपथ ग्रहण गर्नुका साथै नयाँ टिम समेत बिस्तार गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेत जेल ब्रेकको १९ वर्ष, कारागारमा पुस्तक प्रदान

२०७७, ४ माघ आईतवार ११:२३
सुर्खेत । सुर्खेत जेल ब्रेकको १९ वर्ष पुरा भएको छ । १९ वर्ष अघि अर्थात् २०५८ माघ २ गते सुर्खेत जेलबाट सुरुङ खनेर तत्कालीन माओवादी जनयुद्धका बेला माओवादी राजनैतिक आस्थाका बन्दीहरुले जेल ब्रेक गरेका थिए । देशमा संकटकालको घोषणा भइसकेको थियो भने तत्कालीन माओवादी जनयुद्ध उत्कर्षमा पुग्दै थियो । माओवादीको […]