बाबुले आफनै घरमा आगो लगाउँदा दुई छोराको मृत्यु

कर्णाली टुडे
कर्णालीटुडे २०७७, २९ पुष बुधबार १३:५५

सुर्खेत । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोराको जलेर मुत्यु भएको छ ।

नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर मङ्गलबार राति मृत्यु भएको हो । भैरे विष सेवन गरेर आफू पनि गम्भीरावस्थामा रहेको जनाइएको छ ।

घरायसी झगडाका कारणले बटालाले घरमा आगो लगाउँदा उनका १२ वर्षीय र सात वर्षीय छोरा क्रमशः गणेश र मनबहादुरको मृत्यु भएको तथा अर्का चार वर्षीय छोरा खगेन्द्र भने घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अर्को साता कक्षा १२ को नतिजा सार्वजनिक गरिदै

२०७७, २९ पुष बुधबार १३:५५
सुर्खेत । कक्षा १२ को परीक्षाको नतिजा अर्को साता सार्वजनिक गरिने भएको छ । यस वर्ष नतिजा प्रकाशनमा ढिलाइ भए पनि अबको १० दिनभित्र सार्वजनिक गर्ने तयारी रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले अबको १० दिनभित्रै कक्षा १२ को नतिजा सार्वजनिक गर्ने […]