सुर्खेत सहित ७७ जिल्लाबाट प्रचण्ड–नेपाल समूह प्रधानमन्त्रीलाई विरोध पत्र पठाउँदै

कर्णाली टुडे
कर्णालीटुडे २०७७, २४ पुष शुक्रबार १३:००

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र पठाउने भएको छ ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध दोस्रो चरणको विरोध कार्यक्रमअन्तर्गत प्रचण्ड–नेपाल समूहले आज सबै जिल्ला प्रशासन कार्यालयहरु मार्फत् विरोध पत्र पठाउने भएको हो ।

विरोध पत्रको साथमा संविधानको पुस्तक दिने र राष्ट्रको नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने कार्यक्रम तय गरिएको छ ।

सुर्खेतमा दिउँसो १ बजे ¥यालीसहित जिल्ला प्रशासन कार्यालयमा जाने र विरोध पत्रसहित संविधानको पुस्तक प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई बुझाउने तय भएको प्रचण्ड–नेपाल समूहका वीरेन्द्रनगर नगरकमिटीका अध्यक्ष गंगराम तिमिल्सेनाले जानकारी दिए ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा गठित संघर्ष समितिको गत पुस १८ गते बसेको बैठकले पुस २० गतेदेखि माघ २३ गतेसम्मका लागि दोस्रो चरणको विरोध कार्यक्रम तय गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीमा प्रदेशस्तरीय लगानी सम्मेलन गरिदै

२०७७, २४ पुष शुक्रबार १३:००
सुर्खेत । कर्णालीमा प्रदेशस्तरीय लगानी सम्मेलन गरिने भएको छ । प्रदेशस्तरीय लगानी सम्मेलन गर्नका लागि कर्णाली प्रदेश योजना आयोगले आवश्यक तयारी समेत थालेको छ । प्रदेश योजना आयोगको वीरेन्द्रनगरमा बसेको ७८ औं बैठकले प्रदेशस्तरीय लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको प्रदेश योजना आयोगका सदस्य डा. दिपेन्द्र रोकायले जानकारी दिए । […]