उच्च भू–भागमा हिमपात : पश्चिमी वायुको सामान्य प्रभाव कायमै

कर्णालीटुडे २०७७, २३ पुष बिहीबार ०९:३२

काठमाडौं । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान जारी गरेको बुलेटिनमा देशको केहि पहाडी भु–भागमा आंशिक बदलीको अवस्था रहेको छ र बांकी भु–भागमा मौसम सामान्यतया सफा रहेको बताइएको छ ।

बुलेटिनमा भनिएको छ, ‘आगामी २४ घण्टा सुदुरपश्चिम प्रदेश र प्रदेश नं १ को उच्च पहाडि तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले यात्रा गर्दा सावधानी अपनाउनु हुन तथा देश भर तापक्रममा हल्का गिरावट आई देशैभरी चिसो बढ्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।’

बिहीबार दिउँसो देशको पहाडी भु–भागमा आंशिक बदली रही अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेत सहित ७७ जिल्लाबाट प्रचण्ड–नेपाल समूह प्रधानमन्त्रीलाई विरोध पत्र पठाउँदै

२०७७, २३ पुष बिहीबार ०९:३२
सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र पठाउने भएको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध दोस्रो चरणको विरोध कार्यक्रमअन्तर्गत प्रचण्ड–नेपाल समूहले आज सबै जिल्ला प्रशासन कार्यालयहरु मार्फत् विरोध पत्र पठाउने भएको हो । विरोध पत्रको साथमा संविधानको पुस्तक दिने र […]