वायु प्रदूषणबाट जोगाउन माग गर्दै नागरिक प्रदर्शन

कर्णाली टुडे
कर्णालीटुडे २०७७, २३ पुष बिहीबार ०९:२१

काठमाडौं । वायु प्रदूषण कम गर्न माग गर्दै बुधबार माइतीघरमा युवा प्रदर्शनमा उत्रिएका छन् ।

उपत्यकामा वायु प्रदूषणको लेभल उच्च भएको भन्दै बुधबार विभिन्न प्लेकार्डहरु बोकेर उनीहरु सडकमा आएका हुन्।

मन्त्रिपरिषदले गत सालमा माघमा पारित गरेको कार्ययोजना लागू गर्नुपर्ने र नेपाललाई प्रदूषणमुक्त देश बनाउनुपर्ने उनीहरुले माग गरेका छन् ।

काठमाडौं उपत्यका विश्वको एक नम्बर प्रदूषित शहर बनेको चिन्तासहित काठमाडौंको युवा पुस्ता सरकारलाई ध्यानाकर्षण गराउन स्वतः सडकमा ओर्लेको हो ।

जनस्वास्थ्य संकटकाल घोषणाको लागि ऐक्यबद्दता जनाउन हरिन नेपालद्वारा आयोजित कार्यक्रममा युवाहरुले सडकमै सुतेर प्रदर्शन गरेका थिए। उनीहरुले वायु प्रदूषणबाट जोगाउन सरकारले भूमिका खेल्नुपर्ने बताएका छन्।

उपत्यकामा वायु प्रदूषणको मात्रा अत्यधिक बढेको वातावरण विभागले जनाएको छ । विभागले बालबालिका, वृद्धवृद्धा एवं दमखोकीजस्ता स्वासप्रश्वाससम्बन्धी र मुटुका बिरामीलाई घरबाहिर ननिस्किन अपिल गरेको छ।

काठमाडौं उपत्यकाबाहेक तराई क्षेत्रका शहरहरु नेपालगन्ज र विराटनगरमा पनि वायु प्रदूषणको मात्रा उच्च पाइएको छ। काठमाडौंवासीले आँखा पोल्ने गरेको गुनासो गरेको चिकित्सक बताउँछन् ।

वायु प्रदूषण मौसममा पनि भर पर्ने भएकोले मौसम यस्तै भइरहे केहि समयसम्म प्रदूषण अझैं खराब हुने सम्भावना रहने हुनाले विशेष सावधानी अपनाउन वातावरण विभागले प्रेस विज्ञप्ति मार्फत अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उच्च भू–भागमा हिमपात : पश्चिमी वायुको सामान्य प्रभाव कायमै

२०७७, २३ पुष बिहीबार ०९:२१
काठमाडौं । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान जारी गरेको बुलेटिनमा देशको केहि पहाडी भु–भागमा आंशिक बदलीको अवस्था रहेको छ र बांकी भु–भागमा मौसम सामान्यतया सफा रहेको बताइएको छ । बुलेटिनमा भनिएको छ, ‘आगामी २४ घण्टा […]

सम्बन्धित