काठमाडौं । तत्कालीन संविधानसभा अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता सुवास नेम्वाङको संसद विघटनका बारेमा नबोल्नु र निरिहता देखेर दया लागेको नेपाली कांग्रेसका नेता गगन थापाले टिप्पणी गरेका छन् ।
संविधानसभामा अध्यक्ष भएको नाताले पनि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्दा असंवैधानिक हो भन्नुपर्नेमा नेम्वाङ लुकेर बसेको थापाको भनाइ छ।
सामाजिक सञ्जालमा लेख्दै थापाले भनेका छन्, ‘प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नमा आजबाट सर्वोच्च अदालतमा बहस सुरू हुँदैछ। म यतिवेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु, जसलाई संविधानका अक्षर त्यसको स्पन्दन अनि त्यससंग जोडिएका सन्दर्भ र त्यस समयका सभासमिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा थाहा छ।’
यस्तो संकटका बेला तत्कालीन संविधान सभा अध्यक्ष नेम्वाङ अदालतमा उभिएर प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भन्दै जमेर बहस गर्नुपर्ने थापाको भनाइ छ।