बेहुली बनिन् काजल

२०७७, १५ कार्तिक शनिबार १०:४८

बलिउड तथा साउथ चलचित्रकी नायिका काजल अग्रवाल आज बैबाहिक जीवनमा बाँधिदैछिन् । उनले आफन प्रेमी गौतम किचलुसँग बिहे गर्न लागेकी हुन् ।

काजोलको मेहेन्दी कार्यक्रम बिहिबार आयोजना गरिएको थियो । काजलले सामाजिक संजालमा सार्वजनिक गरेको तस्वीरमा उनी मेहेन्दी हातमा लगाएर मुस्कुराएकी छिन् । यस्तै, बिहिबार नै काजलको हल्दी कार्यक्रम पनि आयोजना गरिएको थियो ।

आज भने उनीहरुले सिमित पारिवारिक जमघटका विच बिबाह गर्दैछन् । काजलले अक्टुबर ६ मा आफूले बिबाह गर्न लागेको जानकारी उनका फ्यानलाई दिएकी थिइन् । मुम्बइमा आयोजना भैरहेको बैबाहिक समारोहका तस्वीर काजल आफैले इन्स्टाग्रामबाट सार्वजनिक गरिरहेकी छिन् ।

बलिउडमा चलचित्र ‘सिंघम’मा काम गरेपछि काजलको चर्चा चुलिएको थियो । साउथमा भने उनको लोकप्रियता लोभलाग्दो छ । उनले अभिनय गरेका थुप्रै चलचित्रले बक्स अफिसमा धुम मच्चाएका छन् । काजलसँग बैबाहिक जीवनमा बाँधिएका गौतम व्यापारी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चाडपर्वमा शाकाहारीलाई गिठ्ठा र भ्याकुर

२०७७, १५ कार्तिक शनिबार १०:४८
दशैं तिहार जस्ता चाडपर्वमा धेरैको भान्सामा पाक्ने मीठो परिकार हो, मासु । यही बेला नेपाली समाजले अत्याधिक मासु खपत गर्छ । चाहे पाहुनालाई सत्कार गर्न होस् वा पाहुना लाग्न जाँदा, मासुको परिकार अनिवार्य जस्तै हुन्छ । अलि मनमनितो गर्न परेमा पनि आगन्तुकलाई मासु ख्वाउने प्रचलन छ । त्यसो भए मासु […]