पूर्ण अशक्तलाई मानव सेवा आश्रममा पुनःस्थापना

कर्णालीटुडे २०७७, १५ पुष बुधबार १४:५२

सुर्खेत । जुम्लाका पुर्ण अशक्त दिदी–बहिनीलाई पुनःस्थापना गर्न मानव सेवा आश्रममा पठाइएको छ ।

जुम्लाको गुठीचौर गाउँपालिका–, २ निवासी पूर्ण अशक्त भएका निर्मला बुढा र विष्णुमाया बुढालाई मानव सेवा आश्रममा पुनःस्थापनका लागी पठाइएको हो ।

उनीहरूको झण्डै १२ वर्षसम्म जुम्लामा संरक्षण भइरहेको थियो । घरमा संरक्षण गर्न नसक्ने भएकाले सुर्खेतमा मानव सेवा आश्रमले संरक्षण शुरू गरेको अपाङ्ग पुनःस्थापन तथा विकास केन्द्रले जनाएको छ ।

गुठीचौर गाउँपालिकाले एकजना सहयोगी सहित जहाजबाट सुर्खेत पठाउन सहयोग गरेको छ ।

गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले १५ हजारका दरले तीन जनालाई यातायात खर्च र मानव सेवा आश्रमलाई कपडा वा कुनै सहयोगका लागि १० हजार गरी २५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय भएको जानकारी दिए ।

संरक्षण अभाव भएपछि गाउँपालिका, स्थानीय प्रशासन, अपाङ्ग पुनःस्थापन तथा विकास केन्द्रको पहलमा प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको मानव सेवा आश्रममा तत्कालका लागि पुनःस्थापना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फागुन अन्तिम साता ‘कर्णाली उत्सव’को दोश्रो संस्करण

२०७७, १५ पुष बुधबार १४:५२
सुर्खेत । फागुन अन्तिम सातादेखि ‘कर्णाली उत्सव’को दोश्रो संस्करण सञ्चालन हुने भएको छ । फागुन २७, २८ र २९ गते तीन दिनसम्मा कर्णालीको प्रदेश राजधानी वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा आयोजना हुने उत्सवमामा ‘कुडा कर्नालीका’ गरिने छ । उत्सवमा देशावरबाट ५० बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तिहरुको सहभागीतामा कर्णालीको इतिहास, […]