सरकारले बेलायतमा कोरोना भाइरसको नयाँ प्रजाति देखिएको भन्दै त्यहाँबाट नेपाल आएका व्यक्तिलाई अनिवार्य १० दिन होटल क्वारेन्टिनमा बस्न अनुरोध गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै पुस १ गतेदेखि ७ गतेभित्र बेलायतबाट नेपाल आएका सबैलाई अनिवार्य १० दिन क्वारेन्टिनमा बस्न अपिल गरेको छ।
साथै, नेपाल प्रवेश गरेको मितिबाट ७ दिनदेखि १० दिनभित्र नजिकको सरकारी प्रयोगशालामा पिसिआर परीक्षण गर्न मन्त्रालयले आग्रह गरेको छ ।
त्यसरी परीक्षण गर्न जाने सबै व्यक्तिहरूको नि:शुल्क परीक्षण हुने मन्त्रालयले जनाएको छ ।