संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउँछौं : प्रचण्ड

कर्णाली टुडे
कर्णालीटुडे २०७७, ८ पुष बुधबार १५:४९

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने बताएका छन् ।

बुधबार प्रचण्ड- माधव समूहका सांसदहरुको बैठकमा उनले संसद विघटन अवैधानिक भएकाले पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने बताए ।

‘संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने हाम्रो प्रतिबद्धता छ । ‘अरू संसदीय दलका नेताहरूसँग पनि छलफल गरेर नयाँ परिस्थिति निर्माणमा हामी छौं’ उनले भने ।

प्रचण्डले ७० प्रतिशतको उपस्थितिमा केन्द्रीय समिति बैठक बसेपछि आफूहरू नै वैधानिक र ठूलो दल भएको बताए ।

‘संसदीय दलमा पनि ११५ अहिले नै सहभागी हुनुहुन्छ र अरू केही सांसदहरूले हस्ताक्षर गर्ने वचन दिनुभएको छ त्यसकारण संसदीय दलमा पनि हामी नै वैधानिक छौं’ उनले भने, ‘सबैभन्दा ठूलो दल यसले पनि पुष्टि गर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राउटेले अब मासिक पाँच हजार भत्ता पाउने

२०७७, ८ पुष बुधबार १५:४९
सुर्खेत ।  कर्णाली प्रदेश सरकारले फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायलाई मासिक दुई हजार भत्ता दिने निर्णय गरेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले लोपोन्मुख अवस्थामा पुगेको राउटे समुदायको संरक्षण गर्न थप दुई हजार भत्ता दिने निर्णय गरेको हो । योसँगै राउटे समूदायले मासिक पाँच हजार भत्ता पाउने छन् । […]