बैदेशीक रोजगारमा जानेहरुको लागी ‘सहायता कक्ष’

कर्णाली टुडे
कर्णालीटुडे २०७७, ७ पुष मंगलवार १३:२०

सुर्खेत । बैदेशीक रोजगारमा जानेहरुको लागी सुर्खेतमा सहायता कक्ष स्थापना गरिएको ।

सुर्खेत जिल्लाबाट रोजगारीको शिलसिलामा बिदेशिनहरुले भोग्दै आएको समस्यालाई मध्यनजर गर्दै सुरक्षित तथा आप्रवासन सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।

प्रदेश शिक्षा निर्देशनालको आर्थिक सहयोगमा जिल्ला प्रशन कार्यलय सुर्खेतको परिसरमा उक्त सहायता कक्ष सञ्चालन गरिएको छ ।  रोजगारीका लागि विदेशीनेहरुलाई चेतना र सन्देश दिने उद्देश्यले उक्त सहायता कक्ष स्थापना गरिएको निर्देशनालयकी निमित्त निर्देशक दिपा हमालले बताइन् ।

बैदेशिक रोजगारमा जाने यूवा यूवतिहरुलाई सास्ती खेप्नु नपरोस भन्ने हेतुले उक्त हेल्प डेक्स सञ्चालनमा ल्याइएको हमालले जानकारी दिइन् ।  कुनै पनि नागरिक बैदेशिक राजगारीमा जादा उनिहरुले भोग्नु परेको समस्यालाई मध्यनजर गरी यस्तो ब्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी हिरलाल रेग्मीले बताए ।

प्रशासनमा स्थापना भएको सुरक्षित सहायता कक्षले बैदेशी रोजगारको लागी परामर्श दिने काम गर्ने छ । गैरकानुनी ढंगबाट बैदेशीक रोजगारीमा जानेहरुलाई समेत सचेत गराउने छ । पछिल्लो समयमा रोजगारीका लागी विदेश जानहरुको संख्या दिनप्रतिदिन बढ्दै गएका बेला सुर्खेतमा स्थापना भएको उक्त सहायता कक्षले उनिहरुको लागी पुलको भुकिमा निभर्हा गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मेरो कर्णाली, मेरो देश र मर्न थालेका सपनाहरु

२०७७, ७ पुष मंगलवार १३:२०
समय थिएन । त्यही भएरै, काठमाण्डौंबाट नेपालगञ्ज हुदै एक रात घर बसेर भोलिपल्ट सुर्खेत जाने रहर हुँदाहुदै पनि सिधैं सुर्खेतका लागि बुद्ध एयरको टिकट लिएँ । विहान ८ बजे काठमाण्डौंको एयरपोर्ट पुगें । मंसीर महिना, मुलुकभरि हुस्सु लागेको कारणले जहाज भनेको समयमा कतै पनि उड्न नसकेर ल्फाइटहरु ढिला भइरहेका थिए […]