काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले दलभित्रको आन्तरिक झगडाको आवेगमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन गर्ने मन्त्रिपरिषदको सिफारिस असंवैधानिक र गैर जिम्मेवारीपूर्ण रहेको बताएका छन्।
उनले सामजिक सञ्जालबाट प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषदको आकस्मिक बैठक राखेर संसद विघटन गर्ने निर्णय प्रति प्रतिकृया दिदै यसले मुलुकलाई फेरी द्वन्द्व र अस्थिरताको डरलाग्दो श्रृखंला निम्ताउनसक्ने बताउदै यसलाई राष्ट्रपतिले सच्चाउनु पर्ने बताएका हुन्।