नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौँ । शनिबार नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भएको छ । बैठकमा नयाँ मन्त्री, सरकारका काम कार्वाही र बाबुराम भट्टराई नेतृत्वको पार्टीसँगको एकताका विषयमा छलफल हुने माओवादी केन्द्रका एक नेताले बताए ।

उनले भने, ‘प्रचण्डसहित उपलब्ध पदाधिकारी बैठक बस्दै छ । बैठकमा नयाँ मन्त्री, सरकारका काम कार्वाही र बाबुराम भट्टराई नेतृत्वको पार्टीसंगको एकताका बिषयमा छलफल हुन्छ । बैठक केहीबेरमा सुरु हुँदैछ ।’

आजै प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईसँग पार्टी एकताका विषयमा छलफल गरेका थिए ।