बाँकेमा श्रीमतीलाई कुटपिट गर्दा लागुऔषध फेला परेपछि‍‍…

कर्णालीटुडे २०७७, १ पुष बुधबार १९:४१

 सुर्खेत ।  बाँकेको कोहलपुर नगरपालिका-११ बाट एक जनालाई प्रहरीले लागुऔषध चरेससहित पक्राउ गरेको छ।

डेरा गरी बस्ने मुगुको खत्याड गाउँपालिका-९ घर भएका २२ वर्षीय उमाकान्त कार्कीलाई एक किलो ९०० ग्राम चरेससहित प्रहरीले मंगलबार राति पक्राउ गरेको हो।

उमाकान्तले श्रीमतीलाई कुटपिट गरेको घटनापछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट प्रहरी उनीहरूको डेरा पुगेको थियो। सोधपुछको क्रममा चरेस खाएर कुटपिट गरेको खुलेपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीले उनीविरुद्ध लागुऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान थालेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

टिकटक बनाउन झोलुङ्‍गे पुलमा गएका यूवा खसेर गम्भीर घाइते

२०७७, १ पुष बुधबार १९:४१
सुर्खेत ।  टिकटक बनाउने क्रममा यहाँएका एकजना युवा झुलुङ्गे पुलबाट खसेर गम्भीर घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरी निवासी २४ वर्षीय रमेश थापा टिकटक बनाउने क्रममा पुलमा झुन्डिएका थिए। त्यही क्रममा पुलबाट खसेर उनी गम्भीर घाइते भएका हुन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहका अनुसार गम्भीर घाइते थापाको […]