संसद अधिवेशन तत्काल बोलाउन कांग्रेसको माग

कर्णाली टुडे
कर्णालीटुडे २०७७, १ पुष बुधबार १८:४२

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदको अधिवेशन तत्काल बोलाउन माग गरेको छ ।

सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि कांग्रेसले बुधबार पदाधिकारी बैठक बोलाएको थियो । बैठकले सरकारले ल्याएको अध्यादेश संविधानको मर्म विपरीत भएको ठहर गरेको छ र संसदको अधिवेशन छलेर अध्यादेश जारी गर्नुले सरकारको अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र थप उजागर भएको बताएको छ ।

बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन माग गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । स्रोतका अनुसार आध्यदेश आएपछि बसेको संवैधानिक परिषद्को बैठकले कुनै नियुक्ति सिफारिस गरेको भए वा गरेमा संसदीय सुनुवाई समितिमा चुनौती दिने कांग्रेसको तयारी छ ।

कांग्रेस पदाधिकारीहरुको बैठकले संसदको अधिवेशन तत्काल बोलाउन माग गरेको छ । साथै पुस ३ गते संसदीय दलका कार्यसमितिको बैठक समेत बोलाइएको छ ।

पदाधिकारी बैठकमा २९ मंसिरमा सरकारविरुद्ध देशभर प्रदर्शनको समीक्षासमेत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महामारी र कठोर चिसोका बिच कर्णालीका हिमाली जिल्लामा पढाइ

२०७७, १ पुष बुधबार १८:४२
सुर्खेत । सरकारले विद्यालय खोल्न अनुमति दिएसँगै अहिले देशभर विद्यालय धमाधम सञ्चालनमा आएका छन् । आठ महिनाको अन्तरालमा विद्यालय सञ्चालनमा आएपछि यतिबेला शैक्षिक क्षेत्रमा विस्तारै शिक्षण क्रियाकलापको चहलपहल बढ्न थालेको छ । साविक कर्णालीका चार जिल्लाका लागि यो मङ्सिर महिना शैक्षिक सत्रको अन्त्य हो । यो कठोर चिसोमा हिमाली विद्यालय […]