कर्णालीमा १३ प्रदेश सभा सदस्यले मात्रै पाए, पुनः टिकट

 सुर्खेत । मंसिर ४ मा हुने निर्वाचनमा कर्णाली प्रदेश सभामा पहिलो कार्यकाल विताएका १३ जना मात्रै पुनः उम्मेदवार बनेका छन् ।

अघिल्लो कार्यकालका ४० जना सदस्यमध्ये एक तिहाइ अर्थात १३ जनाले मात्रै फेरि उम्मेदवार बन्ने मौका पाएका छन् । निवर्तमान प्रदेशसभा सदस्यहरूमध्ये प्रतिनिधिसभामा ४ जना र प्रदेशसभामा ९ गरी १३ जनाले मनोनयन दर्ता गराएका हुन् ।

पूर्व मुख्यमन्त्री तथा नेकपा माओवादीक केन्द्रका नेता महेन्द्रबहादुर शाही यो पटक कालिकोटबाट प्रतिनिधिसभा सदस्यका लागी उम्मेदवार बनेका छन् ।

त्यस्तै एमालेका केन्द्रिय सदस्य दल रावल हुम्ला, नेकपा एकीकृत समाजवादीका केन्द्रिय उपमहासचिव प्रकाश ज्वाला सल्यान र एकीकृत समाजवादीकै कर्णाली प्रदेश अध्यक्ष अम्मरबहादुर थापा दैलेख –१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन् । उनीहरु तीन जना प्रदेश सरकारका पूर्व मन्त्री हुँन् ।

प्रदेश सभामा ‘फ्लोर क्रस’ गरेर तत्कालिन मुख्यमन्त्री मेन्द्रबहादुर शाहीको सरकार जोगाईदिएका थापा र ज्वाला भने पुर्ण कार्यकाल संसद रहन भने पाएनन् । उनीहरु झण्डै तीन वर्ष सासद बनेका उनिहरु पार्टीले कार्वाही गरेपछि सांसद पद गएको थियो ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा प्रदेश सरकारका वर्तमान मुख्यमन्त्री जिवन बहादुर शाही हुम्ला (ख) बाट प्रदेश सभाको उम्मेद्वार बनेका छन् । उनलाई कांग्रेसले पुन मुख्यमन्त्रीको उम्मेद्वार बनाएर प्रदेशमा चुनाव लडाएका कांग्रेस नेताहरु बताउँछन् ।

सुर्खेत क्षेत्र नं. २ ‘क’ मा यामलाल कँडेल उम्मेदवार बनेका छन् । निवर्तमान प्रदेशसभा सदस्यसमेत रहेका उनी एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज हुन् ।

पूर्वमन्त्री कँडेल २०७४ को निर्वाचनमा कर्णालीको मुख्यमन्त्री बन्ने आकांक्षासहित प्रदेशमा झरेका थिए । अघिल्लो कार्यकालमा सो अवसर नपाएका कँडेल अहिले पनि एमालेबाट मुख्यमन्त्रीका दाबेदार हुन् ।

सुर्खेत क्षेत्र नं.२ ‘ख’ मा माओवादी केन्द्रले निवर्तमान प्रदेशसभा सदस्य बिन्दमान विष्टलाई नै टिकट दिएको छ । उनले उक्त क्षेत्रबाट सत्तारुढ गठबन्धनको उम्मेदवारका रूपमा मनोनयन दर्ता गरेका छन् । कर्णाली प्रदेश सरकारका पूर्वमन्त्री समेत रहेका विष्टले माओवादीका तर्फबाट आगामी मुख्यमन्त्रीको दावेदार भएको ताउँछन् ।

सुर्खेत क्षेत्र नं. १ ‘क’ मा निवर्तमान प्रदेशसभा सदस्य ठम्मर विष्ट उम्मेदवार बनेका छन् । अघिल्लो निर्वाचनमा माओवादी केन्द्र बाट उम्मेदवार भइ निर्वाचित भएका विष्ट यो पटक भने एमालेबाट उम्मेद्वार बनेका छन् । उनले केही समय पहिले माओवादी त्यागेर एमालेमा लागेका थिए ।

०७४ को निर्वाचनमा दैलेख क्षेत्र नं. १ ‘क’ बाट प्रदेशसभा सदस्य बनेका धर्मराज रेग्मी यसपटक पनि प्रदेशकै उम्मेदवार बनेका छन् । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित रेग्मीलाई अहिले एमालेले उम्मेदवार बनाएको छ । तत्कालिन नेकपा विघटनपछि एमाले रेग्मीले माओवादी रोजेका थिए ।

जुम्लामा निवर्तमान प्रदेशसभा सदस्य पदम रोकाय फेरि प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । अघिल्लो निर्वाचनमा एमालेबाट निर्वाचित रोकाय पछिल्लो समय पार्टी विभाजनपछि एकीकृत समाजवादीमा लागेका छन् । अहिले सत्तागठबन्धनले उनलाई जुम्ला प्रदेशसभा ‘ख’ बाट उम्मेदवारमा अघि बढाएको छ । उनी प्रदेश सरकारको पूर्व मन्त्री समेत हुन् ।

एमालेका केन्द्रिय सदस्य समेत रहेका गुलाबजंग शाह यसपटक पनि सल्यान प्रदेशसभा ‘ख’ बाट उम्मेदवार बनेका छन् । कालिकोट प्रदेशसभा (क) बाट जितेका कुर्मराज शाही अहिले पुन एमालेबाटै दोहोरिएका छन् । ‘फ्लोर क्रस’ गरेर एकीकृत समाजवादीमा लागेका शाही पुन एमालेमै फर्किएर चुनावमा होमिएका छन् ।

२७ जनाले पाएनन् टिकट

कर्णाली प्रदेशसभाका ४० मध्ये २७ जना निर्वतमान सदस्यहरुले भने यो पटक टिकट नै पाएनन् । टिकटका लागी दौडानमा रहेपनि पार्टीले भने टिकट दिएन् ।

प्रदेश सरकारका पूर्व मन्त्री तथा माओवादी केन्द्रका नेता नरेश भण्डारी यो पटक जुम्लाबाट प्रतिनिधी सभामा जान चाहान्थे । माओवादीको क्षेत्रीय कमिटीले भण्डारी सहित तीन जनाको नाम सिफारिस गरेपनि अन्तत भण्डारीले टिकट पाउँन सकेनन् ।

माओवादी भित्रको चर्को गुटबन्धीको सिकार बन्दा आफुले टिकट पाउँन नसकेको भण्डारी बताउँछन् ।

प्रदेश प्रदेशको मख्यमन्त्री बन्ने दौड्मा रहेकी माओवादी केन्द्रकी कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले पनि यो पटक टिकट पाउँन सकिनन् । पहिलो कार्यकालमा कर्णालीको सभामुख बनेका राजबहादुर शाही र उपसभामुख पुष्पा घर्तीसहित मन्त्री बनिसकेका कतिपयले यसपटक उम्मेदवार बन्ने अवसर नै नपाएका हुन् ।

घर्ती माओवादी केन्द्रबाट समानुपातितर्फ सिफारिस भए पनि बन्द सूचिमा परिनन् । कांग्रेसले प्रत्यक्षतर्फ उम्मेदवारमा सिफारिस परेकी अमृता शाहीले पनि अन्तिममा टिकट पाइनन् । एमालेका खड्कबहादुर खत्री उम्मेदवारका लागि निर्वाचन क्षेत्रबाट एकल सिफारिस भएपनि अन्तिममा पार्टीले उनलाई टिकट दिएन ।

खत्रीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । तर उनले बुधबार उम्मेद्वारी भने फिर्ता पार्टीकै आधिकारीक उम्मेद्वारलाई समर्थन गरेका छन् ।

एमालेबाट प्रदेशसभा सदस्य बनेका करवीर शाही, कौशिलावती खत्री, दानसिंह परियार, पद्मा खड्का, बदमी क्वारी बोहोरा, सुशील थापा, मिनासिंह रखाल र राजु नेपालीले पनि उम्मेदवार बन्ने अवसर पाएनन् ।

माओवादीका गणेशप्रसाद सिंह, गोपाल शर्मा, रातो कामी, कृष्णा शाह, सीता नेपाली र कांग्रेसका दीनबन्धु श्रेष्ठ, झोवा विक, यज्ञबहादुर बुढाक्षेत्री, हिमबहादुर शाहीले पनि टिकट पाएनन् ।

यस्तै, एकीकृत समाजवादीका निवर्तमान प्रदेशसभा सदस्य देवी ओली, चन्द्रबहादुर शाही, नन्दसिंह बुढा र राप्रपाकी शोसिला शाहीले पनि टिकट पाइनन् । दलहरूले प्रत्यक्ष र समानुपातिकतर्फ पनि पुरानालाई भन्दा नयाँ अनुहारलाई प्राथमिकता दिएका छन् ।

४० सदस्यि कर्णाली प्रदेशसभाको पहिलो कार्यकालको अन्तिम समयसम्म ३४ जना प्रदेशसभा सदस्य मात्रै कायम रहे । अन्य ६ जना मध्य कोहीले पार्टी परिवर्तन गरेभने केही एमालेका सांसदले फ्लोर क्रस गर्दा पार्टीको कार्वाहीमा परेका थिए ।