सैनिक आवासीयलाई ‘साम्स कप–२०७९’ को उपाधी

सुर्खेत । ‘साम्स कप–२०७९’ फुटवल प्रतियोगिताको उपाधी आयोजक सैनिक आवासीय महाविद्यालय सुर्खेतले जितेको छ ।

वीरेन्द्रनगरमा शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा इगरब्रिज माध्याकि विद्यालयलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै सैनिक आवासीय विजयी भएको हो । सैनिक आवासीयसंग पराजित इगरब्रिज माविले दोस्रो स्थान हात पारेको छ ।

उक्त प्रतियोगितमा सैनिक आवासीय महाविद्यालयका खेलाडीहरु यूवक थापा बेष्ट गोल किपर, बिरेन्द्र थापा उत्कृष्ट खेलाडी घोषित भएका छन् भने सोही विद्यालयकै शुसिल वली ७ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडी भित्र परेका छन् । इगरब्रिजका चेतन थापा ‘राइजिङ्ग प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भएको छन् ।

कार्यक्रममा पश्चिम कमाण्ड सेनापति उपरथी हिरलाल जोसीले प्रतियोगितामा प्रथम हुनेलाई नगद १० हजार र द्वितिय हुने समूहलाई ५ हजार रुपैयाँ सहित मेडल र पुरस्कार प्रदान गरेका थिए ।

असोज ५ गतेदेखि शुरु भएको अन्तर माध्यमिक विद्यालय स्तरीय फुटबल प्रतियोगितामा जिल्लाका १० वटा विद्यालयका १२ टिम सहभागी भएको आयोजक सैनिक आवासिय महाविदालयका सम्पर्क अधिकृत सेनानी गणेश अधिकारीले जानकारी दिए ।

‘महाविद्यालयले खेलकुद गतिविधीलाई समुदाय माझ पराकिलो बनाउँने उद्देश्यले यो वर्ष देखि साम्स कपको शुरुवात गरिएको हो’ उनले भने, ‘यो प्रत्येक वर्ष दशै अगाडी सञ्चालन हुँनेछ ।’