सल्यानको टिमुरले पाएन बजार

कर्णालीटुडे २०७७, २५ मंसिर बिहीबार ०७:५७

सुर्खेत ।  सल्यानमा उत्पादन भएको टिमुरले बजार नपाएपछि किसानहरु समस्यामा परेका छन्। व्यावसायिक टिमुर खेतीका लागि चिनिएको सल्यानमा यस वर्ष टिमुरले बजार नपाएपछि किसानहरु निराश बनेका छन्।

छत्रेश्वरी गाउँपालिका ५ महानेटाका किसान मोहन केसीले आफूले उत्पादन गरेको टिमुर बिक्री नहुँदा घरमा नै थन्किएको बताए। गत वर्ष टिमुर बिक्रीबाट मात्रै करिब तीन लाख रुपैयाँ आम्दानी गरेका उनले यस वर्ष भने झण्डै तीन क्विन्टल बिक्री नभएको बताए।

गत वर्ष प्रतिकिलो ७०० रुपैयाँका दरले बिक्री गरेको टिमुर यस वर्ष ४०० रुपैयाँमा समेत बिक्री नभएको उनको भनाइ छ। ‘मैले गहुँ, मकैँ रोप्ने वारीमा टिमुर खेती गरेको छु। टिमुरका ५०० बोटले उत्पादन दिइरहेका छन्,’ उनले भने, ‘केही साना बोटहरु पनि रहेका छन्। टिमुर बिक्रीबाटै जीवन गुजारा चलाउँदै आएको थिएँ। यस वर्ष टिमुर बिक्री नहुँदा समस्या भएको छ।’

गत वर्ष टिमुर बिक्री गरेर २ लाख ५० हजार रुपैयाँभन्दा बढी आम्दानी गरेका किसान लोकबहादुर डाँगीले पनि उत्पादन गरेको टिमुर बिक्री नभएको गुनासो गरे। उनले भने ‘विगतका वर्षमा टिमुर टिप्न बित्तिकै बिक्री हुन्थ्यो, यस वर्ष आधा मंसिर जाँदा समेत खरिद गर्ने व्यापारी आएका छैनन्।’ आफूँसँग भएको झण्डै अढाई क्विन्टल टिमुर बिक्री नभएर थन्किएको उनको भनाइ छ।

यहाँ उत्पादन भएको टिमुर भारत हुँदै फ्रान्स निर्यात भएको थियो। जिल्लामा उत्पादित टिमुरलाई अर्गानिक टिमुरका रुपमा लिइन्छ। थाहा खबरमा समाचार ५ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दैलेखका कोरोनाकाे सुर्खेतमा मृत्यु

२०७७, २५ मंसिर बिहीबार ०७:५७
सुर्खेत ।  दैलेखका एक जना कोरोना संक्रमितको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गुरास गाउँपालिका–५ का ८७ वर्षीय पुरुष छन् । उनलाई सास फेर्न कठिनाई भएपछि मंसिर १५ गते प्रदेश अस्पतालको कोभिड आइसियुमा भर्ना गरिएको थियो। उनलाई त्यसै दिन कोरोना पुष्टि भएको थियो। अस्पताल भर्ना हुने […]