सुर्खेत । सिमकोट गाउँपालिकाले कर्णाली प्रदेश सरकार सँग १८ हजार स्याउका विरुवा माग गरेको छ । गाउँपालिकाले प्रदेशको भूमि, सहकारी तथा कृषि मन्त्रालयसंग अठार हजार स्याउका बिरुवा माग गरेको हो ।
हुम्लामा ब्यबसायीक स्याउँ खेती गर्ने किसानको संख्यामा वृद्धि भएपछि गाउँपालिकाले ठूलो संख्यामा प्रदेश सरकारसँग स्याउका विरुवा माग गरेको हो ।
स्याउ खेतीको बढी संभावना भएका हुम्लाका गाउँपालिकाहरुलाई प्रदेश सरकारले बिरुवा माग गर्न परिपत्र गरेपछि सिमकोट गाउँपालिकाले अठार हजार स्याउका बिरुवा माग गरेको गाउँपालिकाको कृषि शाखाका प्रमुख नेत्र बहादुर शाहीले बताए ।
स्याउ खेती गर्ने किसानको बिबरण लिएर प्रदेशसंग ती बिरुवा माग गरिएको हो । अब प्रदेशले बजेट वा बजेट के पठाउछ त्यो खोलिएको छैन् ।
प्रमुख शाहीले जे आए पनि ब्यबसायीक स्याउ खेती गर्ने किसानलाई सुबिधा उपलब्ध हुने छन । सिमकोट गाउँपालिकाका आठ वटै वडाहरु स्याउ खेतीका लागि उपयुक्त भएको र किसानसंग बिरुवा मागका लागि निवेदन माग गरेको थियो।
गाउँपालिकाले कम्तीमा एक सय बोट स्याउ लगाउने गरि निबेदन दिन किसानसँग आग्रह गरेको थियो । गाउँपालिकाले आफ्नो बार्षिक कार्यक्रमबाट पनि छ हजार स्याउका बिरुवा बितरण गर्ने कार्यक्रम रहेको जनाएको छ ।