तीन देशका लागि राजदूत सिफारि

कर्णालीटुडे २०७७, २३ मंसिर मंगलवार १९:४३

काठमाडौं– सरकारले श्रीलंका, दक्षिण कोरिया र इजिप्टका लागि नेपाली राजदूत सिफारिस गरिएको छ ।

मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले तीन देशका लागि राजदूत सिफारिस गरेको हो ।

मन्त्रीपरिषद्का एक सदस्यका अनुसार श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, दक्षिण कोरियाका लागि डा.कृष्णचन्द्र शर्मा र इजिप्टका लागि निर्मलराज सुवेदीको नाम सिफारिस गरिएको हो।

तीनै ठाउँमा लामो समयदेखि राजदूत रिक्त थिए । संसदीय समितिमा अनुमोदन पछि राष्ट्रपतिले ती रादूतलाई नियुक्त गर्ने छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तराईमा हुस्सु, पहाड र हिमाली क्षेत्रको मौसम बदली हुने

२०७७, २३ मंसिर मंगलवार १९:४३
काठमाण्डौ । अहिले प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको मौसम आंशिक देखि सामान्य बदली भएको छ । यस्तै लुम्बिनी प्रदेशका पूर्वी भूभाग र प्रदेश २ मा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरु ठाउँको मौसम भने सफा रहेको छ । दक्षिणपूर्वी अरबियन सागर र इन्डियन सागरमा […]