विप्लव समूहद्वारा मोरङमा शिक्षकको गोली हानी हत्या

कर्णालीटुडे २०७७, २३ मंसिर मंगलवार १२:०१

काठमाण्डाैं । मोरङको मिक्लाजुङमा शिक्षकको गोली हानी हत्या गरेको छ । मंगलबार बिहान शिक्षक राजेन्द्र श्रेष्ठको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार ५४ वर्षीय शिक्षकको हत्यामा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताको संलग्नता देखिएको छ । ‘थप अनुसन्धानका लागि हाम्रो टोली घटनास्थलमा पुग्दैछ, ‘ उनले भने ।

श्रेष्ठको हत्या भएको जानकारी मृतकका भतिज महेश श्रेष्ठले प्रहरीलाई जानकारी गराएका थिए ।

महेशको भनाइ उद्धृत गर्दै प्रहरी उपरीक्षक खड्काले मंगलबार बिहान करिब ७ बजे घरबाट केही टाढा रहेको जंगलमा श्रेष्ठको हत्या भएको बताए ।

 

अनलाइनखबरबाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राजावादी सड्कमा परेड खेल्दा गणतन्त्रवादी मौन किन ?

२०७७, २३ मंसिर मंगलवार १२:०१
गणतन्त्र स्थापना भएको १२ वर्ष पूरा हुन नपाउँदै यसको विरोधमा सडक तात्न थालेको छ । २०६२÷६३ को जनआन्दोलन अघिका केही समय जुन आकारमा दलहरूले प्रतिगमन विरोधी जुलुसु निकाल्थे, अहिले गणतन्त्रको विरोधमा झण्डै त्यत्रै आकारको जुलुस निस्कने गरेको छ र व्यवस्थाविरुद्ध नाराबाजी हुन थालेको छ । यसबीचमा आफूलाई स्वतन्त्र भनाउन रूचाएका […]