संरचना बनाउन कर्णाली सरकारले प्रहरीलाई दियो १० करोड

कर्णाली टुडे
कर्णालीटुडे २०७७, २२ मंसिर सोमबार १३:१३

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रहरी संरचना निर्माणका लागि प्रदेश प्रहरीलाई झण्डै १० करोड रुपैयाँ विनियोजन गरेको छ ।

मंसिर १८ गते बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रहरी प्रतिष्ठान निर्माण, प्रहरी तालिम केन्द्र निर्माण र अन्य प्रदेश प्रहरी संरचना निर्माणका लागि ९ करोड ९३ लाख रुपैयाँ खर्च गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

भवन निर्माण र पर्वतीय प्रदेश प्रहरी प्रतिष्ठानका लागि ३ करोड ९३ लाख, प्रहरी संरचना निर्माणका लागि ५ करोड र प्रहरी तालिम केन्द्र निर्माणका लागि १ करोड खर्च गर्ने अख्तियारी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई दिइएको छ ।

उच्च हिमाली क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई तालिम दिने उद्देश्यले पर्वतीय प्रहरी प्रतिष्ठान निर्माण गर्न लागिएको प्रदेश सरकारका प्रवक्ता एवंम भूमी व्यवस्था कृर्षी तथा सहकारी मन्त्री बिमला केसीले बताइन ।

बजेट र जग्गा अभावका कारण कर्णालीका एकसय २४ वटा प्रहरी यूनिटहरु भाडाको भवनमा बस्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संक्रमित विद्यार्थीको कागजात मंसिर मसान्तसम्म बुझाउन परीक्षा बोर्डको आग्रह

२०७७, २२ मंसिर सोमबार १३:१३
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई कोभिड संक्रमण भई कक्षा–१२ को परीक्षा रोकिएका विद्यार्थीको आवश्यक कागजात मंसिर मसान्तभित्र सम्बन्धित बोर्डमा बुझाउन आग्रह गरेको छ । बोर्डले एक सूचना जारी गर्दै २०७७ कात्तिक २४ गतेदेखि मंसिर १६ गतेभित्र संक्रमित भएको विद्यार्थीको विवरण बुझाउन आग्रह गरेको हो । बोर्डले सूचनामार्फत कोभिड […]