हुम्ला विमानस्थलका ११ सुरक्षाकर्मीमा कोरोना संक्रमण

कर्णालीटुडे २०७७, २२ मंसिर सोमबार १२:३७

सुर्खेत ।  उच्च हिमाली जिल्ला हुम्लामा ११ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको छ।

यही मंसिर १८ गते सिमकोट विमानस्थलमा कार्यरत एक महिला सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको थियो। उनको सम्पर्कमा आएका अन्य सुरक्षाकर्मीको कन्ट्याक्ट ट्रेसिङका क्रममा स्वाब संकलन गरी १२ जना सुरक्षाकर्मीको पिसिआर परीक्षण गरिएको थियो।

मंसिर १९ गते स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि सुर्खेत पठाइएको मध्ये ११ जनामा कोरोना देखिएको जिल्ला अस्पताल हुम्लाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए।

यो सँगै हुम्लामा कोरोना संक्रमितको संख्या ७८ पुगेको छ। अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ११ रहेको छ भने ६७ जना निको भइसकेका छन्।

कोरोनामुक्त घोषणा गरिएको हुम्लामा केही दिन अगाडि मात्रै सदरमुकाम सिमकोटदेखि उत्तरतिर पर्ने नाम्खा गाउँपालिकाको केन्द्र यालवाङमा ५६ जनामा कोरोना पुष्टि भएपछि जिल्लामा सञ्चालन गरिएका विद्यालहरु पुनः बन्द गरिएको थियो।

स्थानीय तहले विद्यालय पुनः सञ्चालन गर्ने तयारी गरिरहेका बेला सदरमुकाम सिमकोटमा संक्रमणको जोखिम बढेकाले विद्यालय सञ्चालनमा अन्योलता छाएको छ।

आइतबार संक्रमण पुष्टि भएका ११ जना सिमकोट विमानस्थलमा रहेको सुरक्षा गार्ड क्वार्टरको होमआइसोलेसनमा बसेका जिल्ला अस्पताल हुम्लाका वरिष्ठ अनमी सरिता बोहराले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली सरकारले विपदबाट मृत्यु भएका परिवारलाई दुई लाख दिने

२०७७, २२ मंसिर सोमबार १२:३७
सुर्खेत । कर्णाली सरकारले प्राकृतिक विपद्का घटनाबाट मृत्यु भएका परिवारका सदस्यलाई राहत रकम उपलब्ध गराउने भएको छ । कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले विपद्बाट मृत्यु भएका २३ परिवारलाई ४६ लाख रकम दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको स्वीकृत बजेट अन्तरगतको दुर्घटना उद्धार कार्यक्रम संसोधन गरेर […]