फिल्डमै पुगेर वजेट कार्यान्वयनलाई तिव्रता मुख्यमन्त्री शाही निर्देशन

कर्णाली टुडे
कर्णालीटुडे २०७७, २१ मंसिर आईतवार १८:५९

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले फिल्डमै पुगेर वजेट कार्यान्वयनलाई तिव्रता दिन निर्देशन गर्नुभएको छ ।

आईतवार सम्पन्न कर्णाली प्रदेश सरकारको प्रथम चौमासिक प्रगति समिक्षा कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले आवश्यक परेको अवस्थामा मन्त्री र सचिव समेत फिल्डमा पुगेर वजेट कार्यान्वयनलाई गति दिनुपर्ने वताउनुभयो ।

मुख्यमन्त्री शाहीले जिल्ला स्थित कार्यालयहरुवाट भईरहेको कामको प्रभावकारिता अनुगनमन गर्न, वजेट कार्यान्वयनमा देखिएका समस्या सामाधान गर्न र सरकारलाई जनतासम्म जोडन सरकारको राजनीतिक र प्रशासनिक नेतृत्व फिल्डमा पुग्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले अवको तिन महिना वजेट कार्यान्वयनलाई तिव्रता दिने र वेसलाईन सर्भेका आधारमा आवधिक योजनाको सुची तयार गर्ने काममा केन्द्रीत हुनुपर्ने वताउनुभयो । माग्ने र दिने प्रवृत्ति दिगो विकासको लागि घातक रहेको वताउदै मुख्यमन्त्री शाहीले वेसलाईन सर्भे गरेर आवश्यकता र औचित्यका आधारमा मात्र योजना निर्माण गरिनुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री शाहीले वजेट कार्यान्वयनका लागि संरचना, जनशक्ति, लेखाप्रणाली लगायतका समस्या सामाधान गरिएको वताउदै निहुँ झिकेर वजेट कार्यान्वयनमा गरिने लापरवाही आफुलाई स्वीकार्य नहुने चेतावनी दिनुभयो ।

सम्पन्न गरिएका आयोजनाको समयमै भुक्तानी नदिएका कारण पनि चौमासिक प्रगति कमजोर देखिएको वताउदै मुख्यमन्त्री शाहीले भुक्तानी प्रक्रियालाई चुस्त राख्न निर्देशन दिनुभयो ।

एकातिर काम सम्पन्न भएको, अर्कोतिर सरकारी खातामा वजेट थ्रुप्रिरहने र त्यसवाट निर्माण व्यवसायी एवं उपभोक्ता मारमा परिरहने समस्या तत्काल अन्त्य हुनुपर्नेमा मुख्यमन्त्री शाही जोड दिनुभयो ।

उहाँले भुक्तानी प्रक्रियालाई चुस्त नराख्दा प्रदेश सरकारप्रति नै अविश्वास पैदा भएको तर्फ गम्भिर हुन ध्यानाकर्षण गराउनुभयो ।

मुख्यमन्त्री शाहीले कागजमा देखाईने समीक्षा भन्दा आत्मासमीक्षाको जरुरी भएको वताउदै सरकारको प्रभावकारिता वृद्धि गर्नुपर्ने जोड दिनुभयो ।

कागजलाई आकर्षक वनाउने मेहनत वजेट तथा योजना कार्यान्वयमा लगाउन आग्रह गर्दै मुख्यमन्त्री शाहीले दोश्रो चौमासिक समीक्षामा प्रगति प्रतिवेदन संगै कार्यसम्पादन करार सम्झौता पनि वोकेर आउनुपर्ने वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हुम्ला विमानस्थलका ११ सुरक्षाकर्मीमा कोरोना संक्रमण

२०७७, २१ मंसिर आईतवार १८:५९
सुर्खेत ।  उच्च हिमाली जिल्ला हुम्लामा ११ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको छ। यही मंसिर १८ गते सिमकोट विमानस्थलमा कार्यरत एक महिला सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको थियो। उनको सम्पर्कमा आएका अन्य सुरक्षाकर्मीको कन्ट्याक्ट ट्रेसिङका क्रममा स्वाब संकलन गरी १२ जना सुरक्षाकर्मीको पिसिआर परीक्षण गरिएको थियो। मंसिर १९ गते स्वाब संकलन गरी […]

सम्बन्धित