जनार्दन शर्माको आरोप गणतन्त्रविरोधीप्रति ओली प्रशासन नरम देखिएको

कर्णाली टुडे
कर्णालीटुडे २०७७, २१ मंसिर आईतवार १६:३५

सुर्खेत । सतारुढ नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले ओली प्रशासन गणतन्त्र विरोधीप्रति नरम देखिएको आरोप लगाएका छन ।

नेकपाको स्थायी कमिटी बैठकमा प्रस्ताव पेश गर्दै उनले नेकपाको सरकार र गृह प्रशासन गणतन्त्रविरोधी क्रियाकलापको रक्षामा लागिरहेको आरोप लगाए ।

‘बरु गणतन्त्र लोकतन्त्रका पक्षमा लडेका नेताहरुमा दमन गर्ने र गणतन्त्र विरोधी प्रति नरम व्यवहार गरेको भन्ने जनताको आरोप छ,’ शर्माले प्रस्तावमा भने । ‘संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धतासहित दृढ संकल्प गरौं ।’

उनले संघीयताको पक्षधर सबै पार्टीहरुको बीचमा छलफल आयोजना गरी सरकारका कमीकमजोरी सच्चाउँदै जनतामा देखिएको असन्तुष्टि संबोधन गर्न ढिला गर्न नहुने पनि बताएका छन ।

यस्ताे छ शर्माको प्रस्ताव : 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फिल्डमै पुगेर वजेट कार्यान्वयनलाई तिव्रता मुख्यमन्त्री शाही निर्देशन

२०७७, २१ मंसिर आईतवार १६:३५
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले फिल्डमै पुगेर वजेट कार्यान्वयनलाई तिव्रता दिन निर्देशन गर्नुभएको छ । आईतवार सम्पन्न कर्णाली प्रदेश सरकारको प्रथम चौमासिक प्रगति समिक्षा कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले आवश्यक परेको अवस्थामा मन्त्री र सचिव समेत फिल्डमा पुगेर वजेट कार्यान्वयनलाई गति दिनुपर्ने वताउनुभयो । मुख्यमन्त्री शाहीले जिल्ला स्थित […]