ओलीकाे अनुपस्थितमा नेकपा स्थायी कमिटी बैठक सुरु

कर्णाली टुडे
कर्णालीटुडे २०७७, २१ मंसिर आईतवार १४:३९

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएनन । कोभिड- १९ को जोखिम रहेको र राजनीतिक दस्ताबेज पनि तयार नभएको भन्दै उनी नआएका हुन् ।

शनिबारको सचिवालय बैठकले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको असहमतिबीच निर्धारित आइतबारको स्थायी कमिटी बैठक राख्ने निर्णय गरेको थियो ।  बैठकमा दुवै अध्यक्षका प्रस्ताव पेश गर्ने कार्यसूची छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले कात्तिक २८ मा र प्रधानमन्त्री ओलीले मंसिर १३ को सचिवालय बैठकमा एकअर्कामाथि संगीन आरोपसहितको प्रस्ताव पेश गरेका थिए ।

ओलीले दाहालको लाञ्छना पत्र बैठकमा छलफल हुन नसक्ने भन्दै फिर्ताको अडान राख्दै आएका थिए । दुवै प्रस्ताव स्थायी कमिटी सदस्यहरुलाई वितरण गरिएपछि अध्ययनका लागि भन्दै केहीदिन बैठक स्थगित हुने भएको छ ।

सचिवालय बैठकले पार्टीको संकट निवारणका निम्ति अहिलेसम्म प्रस्तुत भएका प्रस्तावहरु स्थायी कमिटीमा पेस गरेर छलफल गर्ने निर्णय थियो । यसर्थ स्थायी कमिटी बैठकलाई चासोपूर्वक हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपा स्थायी कमिटी बैठक मंसिर २८ गते बस्ने गरी स्थगित

२०७७, २१ मंसिर आईतवार १४:३९
काठमाडौँ । नेकपा स्थायी कमिटीको आइतबार बसेको बैठकले पार्टीको अर्को स्थायी कमिटी बैठक मंसिर २८ गतेका लागि तय गरेको छ। त्यस्तै, मंसिर २५ गतेका लागि तय गरिएको केन्द्रीय कमिटी बैठक पुस ५ गतेका लागि सारिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा बहुसंख्यक स्थायी कमिटी सदस्यहरुको उपस्थितिमा […]