सामाजिक मन्त्रालय द्वारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्मानित

कर्णाली टुडे
कर्णालीटुडे २०७७, २१ मंसिर आईतवार १३:३७

सुर्खेत ।  कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई सम्मान गरेको छ ।

कर्णाली प्रदेशको समग्र स्वास्थ्य प्रणाली सुदृढीकरण गरी नागरिकको स्वास्थ्य अवस्था सुधार ल्याउन योगदान गरेबापत प्रतिष्ठानलाई सम्मान गरेको स्वास्थ्य सेवा निर्देशनालय वीरेन्द्रनगर सुर्खेतले जनाएको छ ।

मन्त्रालयले नागरिकको स्वास्थ्य अवस्थामा सुधार ल्याउन शैक्षिक क्षेत्र र उपचार सेवामा विशेष योगदान गरेबापत उच्च सम्मान गर्दै प्रशंसापत्र प्रदान गरेको प्रतिष्ठानका मेडिकल रेक्टर मेघराज बुढाले बताए । उनले भने, ‘कर्णाली प्रदेशका १३ अस्पतालतर्फ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला र चौरजहारी अस्पताल रुकुम पश्चिमलाई सम्मान गरिएको हो ।’

विगतजस्तै आगामी दिनमा पनि पर्याप्त सहकार्य–समन्वय गरी स्वास्थ्य अवस्थामा सुधार गर्न निरन्तर सहयोग रहनेछ भन्ने विश्वास लिइएको सामाजिक विकासमन्त्री दल रावलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ओलीकाे अनुपस्थितमा नेकपा स्थायी कमिटी बैठक सुरु

२०७७, २१ मंसिर आईतवार १३:३७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएनन । कोभिड- १९ को जोखिम रहेको र राजनीतिक दस्ताबेज पनि तयार नभएको भन्दै उनी नआएका हुन् । शनिबारको सचिवालय बैठकले प्रधानमन्त्री […]