सुर्खेतमा ५३ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु

कर्णालीटुडे २०७७, २१ मंसिर आईतवार १३:२८

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा उपचाररत थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा पञ्चपुरी नगरपालिका–६, निवासी ५३ वर्षीय पुरूषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

उनको शनिबार साँझ ८ः३० बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु हुने व्यक्तिहरुको संख्या २० पुगेको जनस्वास्थ्य शाखा प्रमुख कँडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सामाजिक मन्त्रालय द्वारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्मानित

२०७७, २१ मंसिर आईतवार १३:२८
सुर्खेत ।  कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई सम्मान गरेको छ । कर्णाली प्रदेशको समग्र स्वास्थ्य प्रणाली सुदृढीकरण गरी नागरिकको स्वास्थ्य अवस्था सुधार ल्याउन योगदान गरेबापत प्रतिष्ठानलाई सम्मान गरेको स्वास्थ्य सेवा निर्देशनालय वीरेन्द्रनगर सुर्खेतले जनाएको छ । मन्त्रालयले नागरिकको स्वास्थ्य अवस्थामा सुधार ल्याउन शैक्षिक क्षेत्र र […]