सुर्खेत । रुकुम पश्चिममा एक वर्षमा सवारी दुर्घटनाबाट १३ को ज्यान गएको छ ।
गत आर्थिक वर्ष २०७८÷०७९ मा जिल्लाभर ४७ वटा सवारी दुर्घटना हुँदा १३ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ । ती दुर्घटनामा परी १ सय १८ जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार एक वर्षको अवधिमा जिल्लाभित्र चल्ने २ हजार ७०५ वटा सवारी कारबाहीमा परेका हुन् । आर्थिक वर्ष २०७८÷०७९ को साउन १ गतेदेखि असार ३२ गते सम्म नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक मिनबहादुर क्षेत्रीले १ हजार ५ सय ९३ मोटरसाइकल, ३ सय २९ बस, २ सय ५ ट्रक, २ सय ६९ ट्याक्टर र ३ सय ९ जिप कारबाहीमा परेको जानकारी दिए ।
सवारी कारबाहीबाट गत आर्थिक वर्षमा २६ लाख २८ हजार रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ ।
कर्णाली टुडे । ५ श्रावण २०७९, बिहीबार २१:४९