सुर्खेतकाे जंगलमा फेला पर्‍यो मानव कंकाल

 सुर्खेत । सुर्खेतको सामुदायिक जङ्गलमा मानव कंकाल फेला परेको छ ।

भेरीगंगा नगरपालिका–१०, साततलेस्थित गौरीशंकर सामुदायिक जङ्गलमा बिहीबार दिउँसो मानव कंकाल भेटिएका कर्णाली प्रदेश प्रहरीले जानएको छ ।

प्रदेश प्रहरी कार्यलयका प्रवक्ता एवंम् प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेका अनुसार स्थानियहरुले च्याउ खोज्न गएको बेला मानव शरीरको अस्थिरपञ्जर देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

खबर पाए लगतै ईलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षकको कमाण्डमा ५ जनाको टोली खटएको थियो । उक्त मानव कंकाल पुरुष ब्यक्तिको भएको र त्यो तीन/चार महिना पुरानो रहेको एसपी पाण्डेले बताए ।