यूवा लक्षित अपराध न्यूनीकरण सम्पन्धी सचेतना सम्पन्न

कर्णालीटुडे २०७७, २० मंसिर शनिबार २०:२२

सुर्खेत । यूवा लक्षित अपराध न्यूनीकरण सम्पन्धी एकदिने सचेतना कार्यक्रम सम्पन्न भएकोछ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत उक्त सचेतना कार्यक्रम्मा सम्पन्न भएको सामाजिक अभियान्ता अनिल ढकालले जानकारी दिए । कार्यक्रम्मा सहभागी यूवाहरुले सामाजिक अपराध न्यूनीकरणमा सामुहिक सहयात्रा गर्ने बताएका छन् ।

कार्यक्रम्मा मध्यपश्चिम विश्वविद्यालय कानुन संकायमा अध्ययनरत संगिता खड्काले बाल अधिकार र जवरजस्ती करणी सम्बन्धी भएका कानुनी व्यवस्थाबारे जानकारी दिइन ।

कार्यक्रम्मा योगदान राष्ट्रको लागी फाउण्डेशन, मोटेग्याङ्ग नेपाल, मध्यपश्चिम विश्वविद्यालय कानुन संकायमा अध्ययनरत बिद्यार्थीहरु लगाएत जिल्ला स्थित ४१ जना सकृय यूवाहरुको सहभागीता रहेको थियो ।

कार्यक्रम समाज सेवी श्रृजना कार्कीको संयोजकत्वमा सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कसरी जुराइन्छ विवाहको लगन ?

२०७७, २० मंसिर शनिबार २०:२२
विवाहको लगन जुराउने पञ्चाङ्ग निर्णायक समितिको आफ्नो छुट्टै विधिविधान छ । सोही विधानका कारण यो वर्षको मंसिर महिनामा पनि १६ गतेमात्रै लगन जुर्यो । अब २१, २२ र २६ गते लगन छन् । १० दिनको बीचमा ४ वटा लगन  जुरेपछि झण्डै चार महिनाको लागि लगनविहीन बन्न लागेको छ । पञ्चाङ्ग […]