सुर्खेत मालपोत कार्यालयविरुद्ध उच्च अदालतमा रिट

कर्णालीटुडे २०७७, २० मंसिर शनिबार १९:२०

सुर्खेत । सेवाग्राहीले सास्ती भोग्नुपरेको भन्दै जिल्ला मालपोत कार्यालय सुर्खेत विरुद्ध उच्च अदालतमा रिट दायर भएको छ ।

कार्यालयको सेवा प्रवहाका विषयलाई लिएर अधिवक्ता शेरबहादुर खत्रीले रिट दायर गरेका हुन् । सो रिटमाथि आज उच्च अदालतमा बहस हुँदैछ ।

रिट निवेदनमा जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वीरेन्द्रनगर नगरपालिका र प्रदेश सरकार तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ ।

अधिवक्ता खत्रीले मालपोतले सहजरूपमा सेवा नदिई सेवाग्राहीलाई अनावश्यक सास्ती दिने गरेको, मालपोतको सेवा सुधार गर्न सरोकारवाला निकायले बेवास्ता गरेको र कर्मचारीले बिचौलिया मार्फत सेवा प्रवाह गर्ने गरेकाले अदालतमा रिट दायर गर्नुपरेको बताए ।

 प्रदेश राजधानीमा घरजग्गाको कारोवारमा अत्यधिक वृद्धि भएसँगै मालपोतमा सास्ती खेप्नुपरेको सेवाग्राहीको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यूवा लक्षित अपराध न्यूनीकरण सम्पन्धी सचेतना सम्पन्न

२०७७, २० मंसिर शनिबार १९:२०
सुर्खेत । यूवा लक्षित अपराध न्यूनीकरण सम्पन्धी एकदिने सचेतना कार्यक्रम सम्पन्न भएकोछ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत उक्त सचेतना कार्यक्रम्मा सम्पन्न भएको सामाजिक अभियान्ता अनिल ढकालले जानकारी दिए । कार्यक्रम्मा सहभागी यूवाहरुले सामाजिक अपराध न्यूनीकरणमा सामुहिक सहयात्रा गर्ने बताएका छन् । कार्यक्रम्मा मध्यपश्चिम विश्वविद्यालय कानुन संकायमा अध्ययनरत संगिता खड्काले बाल […]