चीनसँगको तनावका बीच ताइवान भ्रमणमा जाँदै पेलोसी

अमेरिकी सदनको तल्लो संसद हाउस अफ रिप्रिजिन्टेटिभ्सकी सभामुख नेन्सी पेलासीले आगामी महिना ताइवान भ्रमण गर्ने भएकी छिन्।

ताइवानलाई अमेरिकाको साथ र सहयोग व्यक्त गर्न उनी ताइवान जान लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। पछिल्लो समय चीनसँगको दबाब बढ्दो क्रममा रहेको अवस्थामा अमेरिकी शीर्ष अधिकारीले ताइवान भ्रमण गर्न लागेकी हुन्।

पेलोसीको भ्रमण पछिल्लो २५ वर्षमा अमेरिकाको तल्लो सदनको सभामुखको पहिलो ताइवान भ्रमण हुनेछ। पेलोसीको भ्रमणबारे जानकार ६ जनाले अगष्ट महिनामा पेलोसीले प्रतिनिधिसहित ताइवान भ्रमण गर्ने बताएका छन्।

पेलोसीको यो भ्रमणले आगामी दिनमा अमेरिका–चीन सम्बन्ध थप नराम्रो बन्न सक्ने विशेषज्ञहरुले बताएका छन्।

यसअघि नै चीनले अमेरिकालाई ‘एक चीन’ नीतिको पालना गर्न स्मरण गराइसकेको छ भने ताइवानको मामिलामा दखल दिनु आगोसँग खेल्नुजस्तै भएको चेतावनी पनि दिइसकेको छ।