तीन दिनको मौसम पूर्वानुमान यस्तो छ !

कर्णालीटुडे २०७७, २० मंसिर शनिबार १५:४७

न्यून चापीय प्रणालीको प्रभावले आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ।

भारतको पूर्वी उत्तर प्रदेश र विहारको आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभावले आज प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताइन्।

हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली भई ती तीन वटै प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव २ डिग्री र अधिकतम तापक्रम २० दशमलव ६ डिग्री सेल्सियस रहेको छ।

त्यस्तै, आज सबभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २ दशमलव ६ डिग्री र सबभन्दा धेरै धरानको न्यूनतम तापक्रम १५ दशमलव ४ डिग्री सेल्सियस रहेको छ।

 तीन दिनको मौसम पूर्वानुमान :

मंसिर २० गते (शनिबार)

दिउँसो : देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरूमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ।

राति : प्रदेश १ तथा बाँकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरूमा आंशिक बदली रहनेछ। प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ।

मंसिर २१ गते (आइतबार)

दिउँसो : प्रदेश नं १ तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली, कर्णाली र सुदूर पश्चिमी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ।

राति : प्रदेश नं १ तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकि स्थानहरूमा सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ।

मंसिर २१ गते (आइतबार)
दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २ र प्रदेश ५ आंशिक बदली रही बाँकी स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ।

राति : प्रदेश नं १ तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेत मालपोत कार्यालयविरुद्ध उच्च अदालतमा रिट

२०७७, २० मंसिर शनिबार १५:४७
सुर्खेत । सेवाग्राहीले सास्ती भोग्नुपरेको भन्दै जिल्ला मालपोत कार्यालय सुर्खेत विरुद्ध उच्च अदालतमा रिट दायर भएको छ । कार्यालयको सेवा प्रवहाका विषयलाई लिएर अधिवक्ता शेरबहादुर खत्रीले रिट दायर गरेका हुन् । सो रिटमाथि आज उच्च अदालतमा बहस हुँदैछ । रिट निवेदनमा जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वीरेन्द्रनगर नगरपालिका […]