मैत्रीपूर्ण फुटसलमा एनएसजेएफ विजयी

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र अन्नपूर्ण ब्रसेल्स क्लबबीच मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ।

च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा सम्पन्न मैत्रीपूर्ण खेलमा पत्रकार मञ्चले अन्नपूर्ण ब्रसेल्सलाई ५–४ गोल अन्तरले हरायो। उक्त खेलमा अन्नपूर्ण ब्रसेल्स क्लबले दुई पटक अग्रता लिए पनि जोगाउन सकेन।

मन्चको तर्फबाट बासु अवाल र दिल तामाङले समान दुई गोल गरे। अभिनव जोशीको नाममा एक गोल रह्यो। अन्नपूर्णका लागि सन्तोष खड्काले दुई गोल गरे। नीराजन श्रेष्ठ र नरेश खड्काले १/१ गोल थपे।

उक्त मैत्रीपूर्ण खेलको युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले उद्घाटन गरेका थिए ।

विजेता मञ्चलाई नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वसदस्य राजुकाजी शाक्यले ट्रफी तथा मेडल प्रदान गरे। सो अवसरमा उनले विदेशमा रहेर पनि खेल क्षेत्रमा सक्रिय नेपालीहरूको प्रशंसा गर्दै नेपाली खेलकुद विकासका लागि सरकारले पनि नयाँ योजना अगाडि बढाइरहेको बताए।