‘डेमन स्लेयर’ बन्यो जापानमा सर्वाधिक कमाउने दोस्रो फिल्म

कर्णाली टुडे
कर्णालीटुडे २०७७, २० मंसिर शनिबार १५:२८

पिरियड एक्सन एनिमेसन फिल्म ‘डेमन स्लेयर’ जापानीज बक्स अफिसमा सर्वाधिक कमाउने फिल्मको सूचीमा दोस्रो स्थानमा उक्लिएको छ ।

वितरक एनिप्लेक्सले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार फिल्मले ‘टाइटानिक’को नाममा रहेको रेकर्ड फिल्मले आफ्नो नाम गरेको हो । यसअघि सर्वाधिक कमाउने फिल्मको सूचीमा ‘टाइटानिक’ दोस्रो नम्बरमा थियो ।

गोटोजे कोयोहारुको हिट कमिकमा आधारित फिल्मले ४५ दिनमा २ सय ६४ मिलियन डलर ( ३१ अर्ब ३६ करोड) कमाइ गरेको भेराइटीले लेखेको छ । फिल्म अक्टोबर १६ मा रिलिज भएको थियो । सन् १९९७ मा रिलिज ‘टाइटानिक’ले २ सय ५१ मिलियन (२९ अर्ब ८१ करोड) कमाइ गरेको थियो ।

जापानमा सर्वाधिक कमाउने फिल्मको सूचीको पहिलो नम्बरमा पनि एनिमेसन फिल्म नै छ । सन् २००१ मा रिलिज भएको ‘स्प्रिटेड अवे’ ले भने २ सय ९५ मिलियन डलर (३५ अर्ब) कमाइ गरेको थियो ।

गतहप्ता मात्र ‘डेमन स्लेयर’ले ‘फ्रोजन’लाई पछि पार्दै तेस्रो स्थान कब्जा गरेको थियो । ‘डेमन स्लेयर’ नर्थ अमेरिकामा सन् २०२१ मा रिलिज हुने तयारीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘जलिकट्टु’ले अस्करमा भारतको प्रतिनिधित्व गर्ने

२०७७, २० मंसिर शनिबार १५:२८
 मलयालम फिल्म ‘जलिकट्टु’ले यो साल अस्करमा भारतको प्रतिनिधित्व गर्ने भएको छ । भारतको दि फिल्म फेडरेसन अफ इन्डिया (एफएफआई)ले अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा आउँदो वर्षको अप्रिलमा हुने प्रतिस्पर्धाका लागि लिजो जोजे पेल्लिसेरी निर्देशित फिल्मलाई पठाउने निर्णय गरेको हो । प्रतिस्पर्धाका लागि विभिन्न राज्यबाट प्राप्त २७ फिल्मबाट ‘जलिकट्टु’ छानिएको एफएफआईले जनाएको […]