हुम्लामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

कर्णाली टुडे
कर्णालीटुडे २०७७, २० मंसिर शनिबार ०७:२३

सुर्खेत । हुम्लामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन ।

शुक्रबार राती लु २ च २१०२ नम्बरको जिप जिल्लाको सिमकोट गाउँपालिका–७, डाडाफयाको जबुका नजिकै दुर्घटना हुँदा चारजनाको मृत्यु भएको हो । एक बच्चा सहित ७ जना घाइते भएका छन् ।

तस्वीरः नरजन तामाङ

सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप सिमकोट फर्किने क्रममा डाडाफयामा राती ११ः०० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी सुर्यप्रकाश सुवेदीले जानकारी दिए ।

डीएसपी सुबेदीका अनुसार मृत्य हुनेमा सिमकोट ७ का ३० वर्षीय पर्वत सुनार, सिमकोट २ का पारस बोहरा, नाम्खा १ हेप्काका ४५, वर्षीय डुकी तामाङ र उनका श्रीमान ४५ वर्षीय गुरु तामाङ रहेका छन् ।

घाइतेहरुको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ । बलेरो जिप सडक भन्दा करिब ६ सय मिटर दक्षिणमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
जिप दुर्घटना भएको खबर पाए लगतै घटनास्थल पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीले उद्धार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेत विमानस्थल विस्तारका लागि ३० विघा जग्गा अधिग्रहण गरिँदै

२०७७, २० मंसिर शनिबार ०७:२३
सुर्खेत । सुर्खेत विमानस्थलको धावनमार्ग विस्तारका लागि ३० विघा जग्गा अधिग्रहण गरिने भएको छ । प्रदेश सरकार र संघीय सरकारबीच गत असोज १५ गते विमानस्थल विस्तार र स्तरोन्नतिका लागि भएको सम्झौताअनुसार करिब ३ सय मिटर धावनमार्ग विस्तार गर्न जग्गा अधिग्रहण गरिने भएको हो । आजको कान्तिपुर दैनिकमा समाचारछ । अहिले […]