कांग्रेसले सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने

कर्णालीटुडे २०७७, १९ मंसिर शुक्रबार १९:०५

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मंसिर २९ गते सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि बुधबार तनहुँमा भएको अभद्र व्यवहार र गिरफ्तारीको विरोध जनाउँदै विरोध प्रदर्शन गर्ने भएकाे हाे । कांग्रेसको शुक्रबार बसेको पदाधिकारी, पूर्वपदाधिकारीसहितको अनौपचारिक बैठकले सरकारको अलोकतान्त्रिक कदम, भ्रष्ट्राचार, अनियमितता र कोरोना नियन्त्रण तथा रोकथामको दिशामा देखाएको गैरजिम्मेवारी लगायतका मुद्दा उठाउँदै विरोध प्रदर्शन गर्ने निर्णय लिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकले तत्काल संसद् अधिवेशन बोलाउन सरकारसँग माग गरेको  छ ।  नेता अर्जुननरसिंह केसीले सरकारले एकपछि अर्को विरोधी विचारधारलाई निषेध र निस्तेज गर्ने काम गर्दै एकदलीय कम्युनिष्ट शासन सत्ता संचालन गर्न खोजेकाले कांग्रेस विरोधमा जान बाध्य भएको बताए ।

‘मंसिर २९ गते सांकेतिक रुपमा देशव्यापी विरोध प्रदर्शन हुन्छ’, उनले भने,‘त्यसपछि सरकारका विरुद्ध अरु कडा कदमका कार्यक्रममा पनि जान सकिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बलात्कारका दुई आरोपी डेढ वर्षपछि पक्राउ

२०७७, १९ मंसिर शुक्रबार १९:०५
सुर्खेत । बलात्कारको आरोप लागेको दुईजना डेढ वर्षपछि पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका दुई जनालाई हुम्ला प्रहरीले डेढ वर्षपछि पक्राउ गरेको हो । जिल्लावाट गस्तीमा गएको प्रहरी टोली शुक्रवार पक्रउ गर्न सफल भएको जिल्ला प्रहरी हुम्लाका प्रमुख डीएसपी सुर्य सुवेदीले जानकारी दिए । डीएसपी […]