मंसिर २२ मा बिहे गर्दै श्वेता खड्का

कर्णालीटुडे २०७७, १९ मंसिर शुक्रबार १५:०७

नायिका श्वेता खड्का बैबाहिक जीवनमा बाँधिने भएकी छिन् । श्वेताले मंसिर २२ गते बिहे गर्ने पक्का भएको छ । बिहेका लागि निम्तो कार्ड समेत नजिकका आफन्त र साथीभाइलाई बाडिएको छ ।

नायिका खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् । स्वेताको बिहे गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ । विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेका छन् । ।

उसो स्वेताको बिहेको चर्चा नेपाली चलचित्र क्षेत्रमा चलेको केही समय भयो । मंसिर ५ गते नै स्वेताले बिहे गर्न लागेको चर्चा नचलेको होइन । तर, स्वेताले सो समयमा आफूले बिहे गर्ने खबरमा सत्यता नभएको बताएकी थिइन् । उनै, नायिका श्वेता खड्काले आफूले मंसिर २२ गते बिहे गर्न लागेको अनलाइनखबरसँग पुष्टी गरिन् ।

नायिका स्वेता खड्काले छोटो प्रतिक्रिया दिदै अनलाइनखबरसँग भनिन्–‘बिहे गर्ने पक्का भएको हो । बाँकी जानकारी म पछि दिनेछु ।

नायिका स्वेता खड्का चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको वि.सं २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो । यसपछि, स्वेताले चलचित्र ‘कान्छी’ निर्माण गरिन् ।

स्वेता पछिल्लो समय चलचित्रसँगै विभिन्न व्यवसायमा आवद्ध छिन् । नायिका स्वेता खड्काले यो बर्षको मातातिर्थ औसीमा विजयेन्द्रकी आमालाई शुभकामना समेत दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनापछि सुस्ताए न्यायिक समिति : 'उजुरी घटे, मुद्दा मिलानमा पनि ढिलाइ'

२०७७, १९ मंसिर शुक्रबार १५:०७
सुर्खेत । गएको वर्ष चैतयता डोल्पास्थित काइके गाउँपालिकाको न्यायिक समितिमा एउटा पनि उजुरी परेको छैन। त्यसै पनि निकै न्यून संख्यामा उजुरी आउने काइकेमा कोरोना महामारीपछि एउटा पनि उजुरी आएन। ‘न्यायिक समितिमा उजुरी नै आएका छैनन्। के विषयमा छलफल र बहस गर्नु ?’ न्यायिक समितिका संयोजक एवम् उपाध्यक्ष कुञ्जाङ बुढाले भनिन्, […]

सम्बन्धित