मैले कर्णालीमा गरीबी देखिन !

बिराममा पनि आराम नगर्ने मेहेनति किसानहरु देखें,
भोक भोकै भेडा चराउदै गरेका गोठालाहरु देखें
देखें सडक बनाउदै गरेका नाङा शरीरहरु पनि !!

यी सबै केही न केही फलाई रहेका थिए,
केही न केही जोडी रहेका थिए,
तेसैले होला,
अँह मैले कर्णालीका कुना कुनामा कही कतै गरीबी देखिन।
गरिबी त बरु शहरका ठुला मन्त्रालयहरुमा थियो,
जहाँ दस बिस प्रतिसत कमिसन खाने मानबहरुको
मन र मानबताको गरिवी गेट बाहिरैसम्म प्रस्ट देखिन्थ्यो!!

May be an image of 1 person, mountain, nature, tree and text that says '참킨 DrNawaraj DrNawarajKephotography Cophotography'
(कर्णालीको गुठीचौर, भेडा चराउदै गरेका गोठालालाई देखेर फुरेको एउटा कबिता)