सुर्खेतकाे वीरेन्द्रनगरमा राजतन्त्रको पक्षमा प्रदर्शन

कर्णाली टुडे
कर्णालीटुडे २०७७, १८ मंसिर बिहीबार १८:४८

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बिहीबार राजतन्त्रको पक्षमा प्रदर्शन गरिएको छ ।

हिन्दु राष्ट्र राज संस्था पुर्नस्थापना संघर्ष समिति सुर्खेत नामक ब्यानरमा भएको प्रदर्शनका सहभागीले पूर्वराजा ज्ञानेन्द्र शाहको तस्वीर अंकित प्लेकार्ड समेत बोकेका थिए ।

वीरेन्द्रनगरको कालिनचौकबाट सुरु मोटरसाइकल र्‍याली बजार परिक्रमा गर्दै पिपल चौतारामा पुगेर सभामा परिणत भएको थियो ।

प्रदर्शनका सहभागीहरुले ‘राजा आऊ, देश बचाऊ’, ‘गणतन्त्र चाहिँदैन, देश बेच्न पाइँदैन’ जस्ता नारा पनि लगाएका थिए । उनीहरुले राजतन्त्र र हिन्दु राष्ट्र पुर्नस्थापनाको माग समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मंसिर २२ मा बिहे गर्दै श्वेता खड्का

२०७७, १८ मंसिर बिहीबार १८:४८
नायिका श्वेता खड्का बैबाहिक जीवनमा बाँधिने भएकी छिन् । श्वेताले मंसिर २२ गते बिहे गर्ने पक्का भएको छ । बिहेका लागि निम्तो कार्ड समेत नजिकका आफन्त र साथीभाइलाई बाडिएको छ । नायिका खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् । स्वेताको बिहे गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ । विजयेन्द्र […]